नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गर्दै दियो २३१ रनको लक्ष्य

१८ भदौ, काठमाडौं

नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।

एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन जोड्यो ।

नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । गुल्सन झाले पनि २३ रन जोडे ।

नेपालले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेको थियो । त्यसपछि १०१÷४ को अवस्थामा पुगेको नेपाललाई आसिफ, गुल्सन, दीपेन्द्र र सोमपालले उद्धार गरेका हुन् । सोमपालले सातौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० र आठौं विकेटका लागि सन्दीप लामिछानेसँग ३४ रनको साझेदारी गरे ।

नेपालले २२८ रन जोड्दा आठौं विकेटका रुपमा सोमपाललाई गुमाएको थियो । त्यसपछि थप दुई रनमा बाँकी २ विकेट पनि गुमायो ।

सोमपालले ५६ बलमा २ छक्का र एक चौका प्रहार गरे । आसिफले ९७ बलमा ८ चौका र कुशल भुर्तेलले २५ बलमा २ छक्का र २ चौका प्रहार गरेका थिए । भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले ३÷३ विकेट लिए । मोहम्मद सामी, हार्दिक पान्ड्या र सार्दुल ठाकुरले एकएक विकेट हात पारे ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट