सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन महानगर तयार छ : मेयर बालेन शाह

भाद्र १९, काठमाडौं 

काठमाडौं महानगरका मेयर बालेन शाहले क्रिकेट रंगशाला बनाउन महानगर तयार भएको बताएका छन् । नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका उनले सामाजिक संजाल मार्फत यस्तो बताएका हुन् ।

सरकारले महानगरभित्र वा आसपास १ सय रोपनी जग्गा उपलब्ध गराए महानगरले रंगशाला निर्माण गर्ने बताएका हुन् ।

अहिले एसिया कपका खेल भइरहेका श्रीलंकाका रंगशाला त्रिवि क्रिकेट मैदान जस्तै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद ।’

यस्तो छ उनकाे स्टाटस

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट