सन्दिपको मुद्दामा अदालतको आदेशः पीडित किशोरीको कागजात झिकाउनु

भदौं २१, काठमाडौं

सन्दिप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा नगएपछि अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।

आज दिनभरि मुद्दाको वादी पक्षका वकिलहरुले बहस गरेका थिए । प्रतिवादी पक्षका वकिलको बहस आज हुन सक्ने अवस्था थिएन ।

सुनुवाइको अन्त्यमा प्रतिवादीका वकिल सरोज घिमिरेले गौशाला २६ को जन्ममिति विवाद किनारा लगाउनुपर्नेमा जोड दिए । उनले गौशालाको पुरानो ठेगाना काठमाडौंको शंकरापुर गाविसको सम्वन्धित वडाबाट जन्ममिति र बसाइसराइको ढड्डा मगाएर हेर्न न्यायाधीशसमक्ष माग गरे ।

यसअघि अदालतले गौशाला २६ हालको ठेगाना नुवाकोटको तादी गाउँपालिकाबाट कागजातहरु मगाएको थियो । ती कागजातहरुमा उल्लेखित विवरण परस्परविरोधी थिए । गौशाला २६ को मात्र नभएर उनकी आमाको जन्ममिति पनि फरक फरक पाएपछि मुद्दा उल्झनमा परिरहेको छ ।

सन्दीपका वकिलले शंकरापुरको वडामा निजको वास्तविक जन्ममिति हुन सक्ने भएकाले ढड्डा मगाउन सुझाएका हुन् । त्यसलाई स्वीकार्दै न्यायाधीश कार्कीले आदेश गरेकी छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट