चितवनमा सुरु भयो सफ्टटेक मेला, शहरलाई सूचनाको हब बनाउने

२१ भदौ, चितवन

चितवनमा सफ्टटेक मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्युटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा पहिलो पटक सफ्टटेक –२०८० मेला सुरु भएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरी आईटी हब बनाउन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताए । उनले यहाँका सूचना प्रविधि व्यवासायी एवम् विद्यार्थीले विकास गरेका सफ्टवेयरहरू मेलामा प्रर्दशन गरिने र ती सफ्टवेयरहरूको प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताए ।

सफ्टटेक चितवन–२०८०को उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सिटी र स्मार्ट देशका परिकल्पना साकार पार्न आईटीको विकास हुृन आवश्यक रहेको बताए । उनले यस महानगर स्वास्थ्य र पोल्ट्री हवको रुपमा विकास भइसकेको र अब आईटीको हब बनाउन महानगरले सहयोग गर्ने बताए । उपप्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्नका लागि सबै निजी तथा सार्वजनिक निकायहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल महासंघका अध्यक्ष रञ्जितकुमार पोदारले आईटी सफ्टवेयरहरूको विकास गरियो भने देशको अर्थतन्त्र विकासका लागि ठूलो योगदान पु¥याउने बताए । उनले नेपाल सरकाले नीतिगत कुराहरु सहजीकरण गरी नेपालमानै विकसित सफ्टवेयर प्रयोग गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल महासंघ चितवनका निवर्तमान अध्यक्ष एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भुसालले मेला ३ दिनसम्म सञ्चालन हुने र मेलामा २० वटा स्टलहरु रहेको जानकारी गराए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति कम्प्युटर एशोसिएसनका पूर्व अध्यक्ष पदाधिकारी, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरु, पत्रकार र विभिन्न कलेजका विद्यार्थीहरु गरी १६० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट