Search
Close this search box.

गैंडाकोटमा नगरस्तरीय ईन्टर स्कूल वर्ड स्क्राबल कन्टेस्ट सम्पन्न

बाल विकास स्कूल अफ साईन्स एण्ड म्यानेजमेन्ट गैंडाकोटमा नगरस्तरीय ईन्टर स्कूल वर्ड स्क्राबल कन्टेस्ट सम्पन्न भएको छ । गैंडाकोट नगर प्याबसनको आयोजनामा भएको स्क्राबल कन्टेस्टमा गैंडाकोट नगरपालिका भित्रका १३ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रत्येक विद्यालयबाट २ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रतियोगितामा गैंडाकोट ईङ्गलिस स्कूलका रिसब भण्डारी प्रथम भएका छन् भने दोश्रो र तेश्रोमा क्रमशः गैंडाकोट ईङ्गलिस स्कूलका सचिन पौडेल र सरस्वती निकेतन सेकेन्डरी इङ्गलिस स्कूलका अमृत कुँबर हुन सफल भएका छन् । बिजेतालाई मेडल र ट्रफीले सम्मान एवं पुरस्कृत गरिएको थियो ।

कार्यक्रम गैंडाकोट नगर प्याबसनका अध्यक्ष लक्ष्मी दवाडीको अध्यक्षता एवं प्याबसन नवलपुर अध्यक्ष दीपक रावतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सहजीकरण गैंडाकोट नगर प्याबसनका उपाध्यक्ष बिनोद पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य अक्सफोर्ड स्कूलका प्रशासन प्रमुख नारायण सिग्देलले गर्नु भएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान