Search
Close this search box.

मध्यविन्दु २ मा घरपालुवा जनावर खाने पाटे बाघ नन्दपुरबाट नियन्त्रणमा लिईयो

नवलपुरको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थानमा आतंक मच्चाएको बाघ गएराति नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक सहितको टोलिले राति भाले बाघ नियन्त्रणमा लिएको मध्यविन्दु नगरपालिका–२ का वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

केही दिन यता मध्यविन्दु नगरपालिकाको वडा नं. २ को नन्दपुर, सितापुर क्षेत्रमा बाघले बाख्रा र गाई खाएको थियो । सोमबार राति नन्दपुरका स्थानीय हेमाकान्त चौधरीको गोठमा दुई वटा गाईलाई बाघले मारेको थियो । बाघले मारेर खाएको गाईलाई बाघ बसेको अनुमान गरिएको स्थानमा लगेर राखिएको थियो । बाघ नियन्त्रणको लागि आएको प्राविधिक टोलिले राति नै मचानमा बसेर बाघको प्रतिक्षा गरेकोमा राति १ बजे बाघलाई डार्ट गरी (बेहोस) बनाई नियन्त्रणमा लिन सफल भएको हो ।

नियन्त्रणमा लिएको बाघ निकै ठुलो रहेको नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । यस अगाडी सोमबार दिउसो पनि मध्यविन्दु–४ बाट बाघको डमरु नियन्त्रणमा लिई उद्धार गरिएको थियो ।

पछिल्लो केही दिन यता चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थानमा बाघको आतंक बढेको थियो । बस्तीमा नै पसेर बाघले घर पालुवा जनावरहरु मार्न थालेपछि साँझको समयमा स्थानीयहरु घरबाट बाहिर निस्कन समेत डराएका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान