आइफोन १५ सिरिजका चार मोडेल सार्वजनिक, कति पर्छ मुल्य ?

एप्पलले आफ्नो पछिल्लो भर्सन आइफोन १५ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो । एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो । क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन ’वन्डरलस्ट’ रहेको थियो ।

कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको जनाएकोछ । यही शुक्रबारदेखि कम्पनीले प्रि–अर्डर समेत सुरू गर्ने बताएको छ ।
आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ । एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी–सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ ।

सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ । आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ ।

आइफोन १५ र आइफोन १५ प्लस दुवैमा २००० निट्सको पिक ब्राइटनेससहित ओएलइडी सुपर रेटिना डिस्प्ले दिइएको छ। आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको हो । दुवै मोडल ए १६ बायोपिक प्रोसेसरद्वारा सञ्चालित छन्। यसभन्दा अघिको आइफोन १४ प्रो र प्रो म्याक्समा पनि यही प्रोसेसर दिइएको थियो । यी मोडलहरू गुलाबी, पहेँलो, हरियो, निलो र कालो गरी पाँच विभिन्न रङमा सार्वजनिक गरिएको हो ।

आइफोन १५ प्रो गेमिङ–केन्द्रित सफ्टवेयर सुविधाहरूसहित तयार पारिएको छ । यसमा ए १७ प्रो चिप र मल्टिपल लेन्ससहितको प्रो–लेभल क्यामेरा प्रणाली दिइएको छ । आइफोन १५ प्रो म्याक्स पनि ए १७ चिपमा आधारित छ ।
आइफोन १५ प्लो म्याक्समा विशेष यसको क्यामेरा छ । यसमा १० एक्ससम्म जुम गर्न मिल्ने अप्टिकल जुम रेन्ज दिएको छ । आइफोन प्रोमा ६.१ इन्चको डिस्प्ले दिइएको छ भने आइफोन प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ ।
आइफोन १५ प्रो र प्रो म्याक्स नेचुरल टाइटानियम (ग्रे), निलो, सेतो र कालो गरी चार रंगमा सार्वजनिक गरिएको छ ।

एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ९ मा एस–९ चिप दिइएको छ, जुन तुलनात्मक रूपमा राम्रो मानिन्छ। एप्पलको अल्ट्रा २ को ब्याट्री क्षमतामा पनि विकास गरेको बुझिन्छ । यसलाई एक पटक पूरा चार्ज गरेपछि ३६ घण्टासम्म चलाउन सकिने दाबी गरिएको छ । यसमा नाइट मोड फिचर पनि समावेश गरिएको छ ।

यसबाहेक एप्पल इभेन्टमा कम्पनीले नाइकी ब्रान्डसँग सहकहार्य गरिरहेको घोषणा गरेको छ । कम्पनीले भविष्यमा आफ्नो उत्पादनहरूमा कुनै पनि छालाजन्य पदार्थ प्रयोग नगर्ने बताएको हो ।

यसबाहेक कम्पनीले सन् २०३० सम्ममा नेट शून्य कार्बन उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले वाच सिरिज ९ मा पनि रिसाइकल धातुहरू प्रयोग गरेको बताएको छ ।

मूल्य कति ?

आइफोन १५ प्रोको सूरुवाती मूल्य ९९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १५ प्रो म्याक्सको मूल्य ११ सय ९९ डलर राखिएको छ ।

त्यस्तै आइफोन १५ को सुरुवाती मूल्य ७९९ डलर रहँदा आइफोन १५ प्लसको ८९९ रहेको छ ।

आइफोन १५ विभिन्न ५ वटा रङमा उपलब्ध हुनेछ । चारवटै आइफोन सेप्टेम्बर १५ बाट प्रिअर्डरका लागि उपलब्ध हुने र सेप्टेम्बर २२ मा बजारमा पठाउने एप्पलले जनाएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट