कावासोती नगरपालिकामा गत वर्ष भएको कामहरु के के थिए? (बुँदागत रुपमा हेर्नुहोस्)

कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार क्षेत्रमा विभिन्न काम गरेको छ । मंगलबार नगर परिसरमा पत्रकार सम्मेलन गरी नगरको विकास क्षेत्रमा भएका प्रगति विवरण बारे नगर प्रक्ता डोरमान गिरीले जानकारी दिएका हुन् ।कावासोती नगरपालिकामा गत वर्ष भएको पूर्वाधारको विकास यसप्रकार छन् ।

पूर्वाधार विकास

.आ.व. ०७९/८० मा करिब ३.६ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । कच्ची सडक तथा  सञ्चालनमा रहेका सडकहरुको करिव १२.७ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिएको छ । साथै नगरको बिभिन्न स्थानमा गरी ८.७ किलोमिटर सडक मर्मतको कार्य सम्पन्न गरिएको छ ।

२.आर्थिक वर्ष ०७९/८० मा नगरपालिकामा करिव १५ किलोमिटर पक्की नाला र नेपाल शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनासँगको समन्वयमा १७ किलोमिटर गरी कुल ३२ किलोमिटर पक्की नाला निर्माण, २२ वटा कल्भर्ट निर्माण, १५० स्थानमा ह्युमपाइप, २.८ किलोमिटर मोजाइक टायल लगाउने कार्य सम्पन्न गरिएको छ ।

३.गत आ.व. मा वडा नं १२ मा ओभरहेड टंकी निर्माण, १२ कि मी पाइपलाइन विस्तार र ४३ वटा चापकल र अति विपन्न २५ परिवारमा नि: शुल्क खानेपानी धारा जडान गरिएको छ ।

४. उज्यालो कावासोती अभियान अन्तर्गत सार्वजनिक स्थान र धार्मिक स्थलहरुमा १५ थान सोलार वत्ती, ५२७ वटा सडक बत्ति जडान गरिएको र १२८ विद्युत पोल सहित विधुतिकरणको कार्य सम्पन्न भएको छ ।

.आर्थिक वर्ष ०७९-८० नयाँ भवन निर्माण तर्फ नक्सा पासका लागि १४८ निवेदन दर्ता भएका छन् । जसमध्ये प्रथम चरणको इजाजत लिएका १२८, सुपर स्ट्रक्चर इजाजत लिएका ८७ छन् भने २०१जनाले निर्माण सम्पन्न लिएका छन र अभिलेखिकरण तर्फ ७४५ घर दर्ता भएका छन । वडा नं १, २ र १६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भै प्रशासनिक कामकाज सुरु भएको छ ।

६.आ.व. ०७९/८० मा नगरपालिकामा ३.८ किलोमिटर खोला तटबन्धन र ४.४ किलोमिटर कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको छ ।

७.सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत ३८ वटा, सामुदायिक भवन, मन्दिर,चर्च,मस्जिद,गुम्बा निर्माण तथा मर्मत ५० वटा, पार्क निर्माण तथा खुला क्षेत्र संरक्षण १० वटा, पर्यटकीय पूर्वाधार निर्माण ६ वटा, खेलमैदान ९ वटा निर्माण सम्पन्न भएको छ ।

८.नगरपालिकाको १७ वटै वडाको भू-उपयोग वर्गीकरणको कार्य सम्पन्न भै जग्गा कित्ताकाट सुरु भएको

.भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको जग्गा नापजाँजको क्रममा वडा नं. १ र ४ क्रमश क्षेत्रफल १५८-३-८ र ९३-४-९ जग्गा नापजाँज गरिएको साथै वडा ३ र ५ कार्य अन्तिम चरणमा रहेको छ ।

१०.वडा नं ३ मा लामो सययदेखि बन्द रहेको १३०० मिटर सरकारी कुलो खोल्ने कार्य सम्पन्न

 

महिला वालवालिका 

१.विद्यालयहरुमा नि: शुल्क सेनेटरी प्याडको व्यवस्था

२.आ.व. ०७९/८० मा ९१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको ।

३.नगरपालिका कार्यालयमा स्तनपान कक्षको निर्माण तथा सञ्चालन गरिएको ।

४.दलित तथा विपन्न ६४ जना महिलालाई ड्राइभिङ्ग तालिम, ७० जनालाई हस्तकला तालिम प्रदान

५.२५ जना महिलालाई उद्धमशीलताको लागि नगद अनुदान प्रदान

६.बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनको लागि बाल समुह गठन तथा सहजिकरण ।

 

शिक्षा, युवा तथा खेलकुद 

.नगरपालिका अन्तर्गत रहेका शैक्षिक संस्थाहरुको भौतिक पुर्वाधार विकास, पाठ्यक्रम सुधार, शिक्षक तथा कर्मचारीको उचित व्यवस्थापन र क्षमता विकास, खेलकुद लगायतका सृजनशील कृयाकलापहरुको प्रोत्साहन गर्दै समग्र शैक्षिक स्तरमा उत्कृष्ट नतिजा ल्याउनतर्फ नगरपालिकाले शुरुवाती दिन देखि महत्वपुर्ण प्रयत्नहरु गर्दै आईरहेको छ ।

२.चारकोठे भवन २ विद्यालय (त्रिभुवन वाल मावि र जीवनज्योती मावि), २ कोठे भवन सरस्वती मावि गोछडा, विद्यालय मर्मत ३८ विद्यालय, शैक्षिक सामग्री निर्माण र प्रदर्शनी गरिएको तथा ICT ल्याव स्थापना

.निशुल्क पाठ्यपुस्तक अनुदान अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत १०००९ जना विद्यार्थीले निशुल्क रुपमा अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रदान

४.नगरका कोपिला प्रकाशन

.मेयर कप फुटवल र उप मेयर कप भलिवल खेल सञ्चालन । राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका विभिन्न खेलहरुमा सहभागिताको लागि खेलाडिहरुलाई नगद तथा खेलकुद सामग्री प्रदान

६.स्काउट शिक्षा र स्काउट गतिविधि सञ्चालन कार्यक्रम सुभारम्भ

.HIV संक्रमित परिवारका सन्तानलाई नगद छात्रवृत्ति वितरण।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट