Search
Close this search box.

१ महिनादेखि बेपत्ता इश्वरप्रसाद सापकोटा अझै भेटिएनन्, भेटाउनेलाई रु ५० हजारको इनाम

पूर्वी नवलपरासीको गैँडाकोट १० भैसाखोरीबाट गत १ महिना देखि एक युवक बेपत्ता भएको अझै फेला पर्न सकेका छैनन् ।

वडा नं. १० संगमचोक घर भएका वर्ष ३७ का इश्वरप्रसाद सापकोटा गत १ महिना देखि नै परिवारको सम्पर्कमा नरहेको पारिवारिक श्रोतले जनाएको छ । परिवारले उनको खोजी कार्यलाई तीब्र पारिरहेको छ यद्यपि अझै सम्म फेला भने पार्न सकेका छैनन् । नवलपरासीको विभिन्न ठाउँमा देखिएको भन्दै स्थानीयको भनाईलाई पछ्याउँदै खोजी कार्य तीब्र पार्दा समेत उनी फेला पर्न सकेका छैनन् ।

केहिवर्ष अघि सडक दुर्घटनामा परि घाइते भएका इश्वर मानसिक विरामी समेत रहेको उनको परिवारले जनाएको छ ।

बेपत्ता ईश्वरका श्रीमती तथा दाजुभाईले उनको खोजी कार्य गरिदिनु हुनका लागि सबैमा अनुरोध गरेका छन् । १ महिना भन्दा बढि समयदेखि हराएको भन्दै खोजि गरेर सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । ईश्वरलाई फेला पार्नुहुने महानुभावलाई पारिवारिक श्रोतले रु ५०,०००/- को ईनाम राखेको पनि पारिवारिक श्रोतले जनाएको छ ।

हराएका इश्वरका श्रीमती, एकछोरा र एक छोरी छन् । हराएका इश्वर सापकोटालाइ कतै देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान