नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।
उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टी गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।
नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनमा सरकारले भोलि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।