Search
Close this search box.

नगरस्तरीय तीज गीत प्रतियोगिता स्मल हार्ट एकेडेमी प्रथम हुन सफल

गैंडाकोट २ को बाल विकास ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबार नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गैंडाकोट नगरपालिकाको निजि तथा संस्थागत गरि २३ विद्यालयहरुको सहभागिता रहेको थियो । बाल अधिकार, राष्ट्र राष्ट्रियता, नेपाली मौलिक संस्कृति, रितिरिवाज परम्परा, सामाजिक परिवर्तन, शैक्षिक तथा सामाजिक चतनामुलक शिर्षकमा रहेर सहभागी विद्यार्थीहरुले गीत प्रस्तुत गरेका थिए ।

५ मिनेटको समय अवधिभित्र रहेर प्रतिस्पर्धी विद्याथीहरुले गीत, बाध्यबाधन र नृत्य समेत आफैले ब्यवस्थापन गरि प्रस्तुत गरेका थिए । प्रतियोगितामा स्मल हार्ट एकेडेमी प्रथम भएको छ भने किड्स होम एकेडेमी दोश्रो र जनक नमुना मा.वि.तेश्रो भएको छ । उनीहरुलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको थियो ।

गैंडाकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको ब्यवस्थापन भने बाल विकास ईङ्गलिस बोर्डिङ स्कूलले गरेको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान