भरतपुरमा ओजोन तह सँग सम्बन्धित जनचेतनामूलक र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न

विश्व ओजोन दिवशको अवसरमा चितवन रेफ्रिजरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघ चितवनले आज भरतपुरमा ओजोन तह सँग सम्बन्धित जनचेतनामूलक र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष हिरामणी कंडेलको अध्यक्षतामा आयोजित कोणसभामा एच भि एसी ईन्जिनियर जीवन पोखरेलले ओजोन तहको महत्वको बारेमा प्रकाश पार्नु भएको थियोे। संघका कोषाध्यक्ष एवं एसी टेक्निसियन हिरालाल काफ्लेले सहजीकरण गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य संघका सचिव भुपति दास कंडेलले दिनुभएको थियो। जिल्ला प्रहरी कार्यालय बाट सुरु भएको चेतनामुलक र्याली चौविस कोठी हुँदै पुनः प्रहरी कार्यालय अगाडी नै आएर कोणसभामा परिणत भएको थियोे। कार्यक्रममा रेफ्रिजेरेसनले मानव र वातावरणमा पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असरका बारेमा सचेतना गराईएको थियो।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट