एसिया कपअन्तर्गत फाइनलमा भारतविरुद्ध पहिले ब्याटिङ सुरु गरेको श्रीलंकाको खराब सुरुवात

एसिया कपअन्तर्गत फाइनलमा भारतविरुद्ध पहिले ब्याटिङ सुरु गरेको श्रीलंकाले खराब सुरुवात गरेको छ ।

एसिया कपको फाइनलमा श्रीलंकाविरुद्ध भारतीय बलर मोहम्मद सिराजले सनसनी मच्चाएका छन् । उनले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाए ।

कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभर सकिदा पाँच विकेट गुमाइसकेको छ । पाँच विकेट गुमाउदा भारतले १२ रन जोडेको थियो ।

चौंथो ओभरको पहिलो बलमा सिराजले पथुम निसान्कालाई रवीन्द्र जडेजाको हातबाट क्याच गराए । दोस्रो बल सदीरा समराविक्रमाले छोडिदिए । तेस्रो बलमा उनी एलबीडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए । सिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डी सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए ।

सिराजले पहिलो बलमा पाथुन निशंकालाई २ रनमा जडेजाबाट क्याच गराए । तेस्रो बलमा सदीरा समाब्रिक्रमालाई एलबिडब्लूको धरापमा पारे ।

चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए । यस्तै छैटौं बलमा उनले धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए ।

त्यसअघि श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो । उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट