नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने

१ असोज, पोखरा

असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने अधिवेशन पुर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल-पहाड- तराइको सम्पुर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने  भएको हो। झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुम बहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो।

अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिनुभयो।

संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रश्मि आचार्यले अधिवेशनको तयारी र झाँकी ब्यवस्थापनका सन्दर्भमा भनाई राख्नु भएको थियो।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट