मौलाकाली केवलकारको Wednesday Offer मर्मत सम्भार सकियो, अब नियमित संचालन हुने

मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ । यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहित Wednesday Offer ल्याएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । ईभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए । हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले रु. २७५ मै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् ।

यसैबीच गत आइतबारदेखि शुरु भएको केवलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ । मर्मतसम्भार सकिएपछि अब आश्विन १ गतेदेखि केवलकार पूर्ववत समय तालिका अनुसार नै संचालन हुने पौडेलले बताए जस अनुसार केवलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५:३० बजेदेखि संचालन हुनेछ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट