गण्डकी बचत तथा ऋण सहकारी संस्था र कलश बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने

असोज २, गैँडाकोट

गण्डकी बचत तथा ऋण सहकारी संस्था र कलश बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने भएको छ । गैँडाकोट २ मा अवस्थित रहेका दुई संस्थाहरु एकीकरण हुन लागेका हुन् । आज गैँडाकोट नगरपालिकामा उनीहरुले एकीकरण प्रक्रियाका लागि निवेदन दिएका छन् ।

गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पोषणराज सुवेदीका अनुसार साधारण सभाबाट कार्यक्षेत्र र कार्यप्रकृति मिल्ले अन्य सहकारी संस्थासँग एकीकरण गर्ने भनि गरेको निर्णय अनुरुप यि दुई सहकारीहरु एकिकरण गर्न लागिएको हो ।

गण्डकी साकोस २०५१ सालमा स्थापना भई पटक–पटक एकीकरण र नाम परिवर्तन गरी गण्डकी सहकारीका नामले पछिल्लो समय सञ्चालन हुँदै आएको छ । गत २०७९ कार्तिक १ गतेको साधारण सभाले धनबहादुर पौडेलको अध्यक्षतामा एकीकरण कार्यदल बनाएको थियो ।

२०६९ सालमा स्थापित कलश बचत तथा ऋण सहकारी संस्था भने नेवारी समुदायको आर्थिक सशक्तिकरणका लागि गुठीकै विस्तारित रुपमा सहकारी माध्यमबाट सञ्चालनमा रहेको थियो । बदलिदो परिवेश र आवश्यकताका आधारमा एकीकरण गर्न लागिएको अध्यक्ष सूर्य कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकी सहकारीमा करिब १६ हजार सदस्यको १ अर्ब ९० करोड र कलश सहकारीमा ७ सय सदस्यको करिब ९६ लाख सम्पत्ति रहेको छ । एकै कार्य क्षेत्रमा रहेकाले केही सदस्य दोहोरिन सक्ने जनाइएको छ । गण्डकीको करिब १९ करोड ३० लाख र कलशको करिब ५१ लाख सेयर पूँजी रहेको छ ।

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७ को अनुसूची ४ बमोजिम एकीकरण हुन लागेको गैँडाकोट नगरपालिकाले जनाएको छ । यी संस्था एकीकरण हुँदा कसैलाई प्रतिकूल असर गर्ने भए १५ दिन भित्र स–प्रमाण गैंडाकोट नगर कार्यपालिकाको कार्यालयमा लिखित निवेदन पेस गर्न सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट