Search
Close this search box.

गैँडाकोटका विद्यालयका उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान

गैँडाकोट नगरपालिकाले गैँडाकोटका विद्यालयका उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा भएको राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरू लाई सम्मान गरेको हो ।

नगरपालिकाले सामुदायिक विद्यालय तर्फ गैंडाकोट १० भैसाखोरीमा अवस्थित रत्न राज्य लक्ष्मी माध्यामिक विद्यालयलाई सम्मान गरेको छ । पठनपाठन, अतिरिक्त क्रियाकलाप, विद्यार्थीको सिकाइ उपलब्धी, शिक्षक प्रशासनबीचको सम्बन्ध लगायतका मूल्यांकनका आधारमा सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

यसैगरी संस्थागत विद्यालय तर्फ गैँडाकोट २ मा रहेको गैँडाकोट ईंग्लीस स्कूललाई सम्मान गरेको छ । संस्थागत विद्यालय तर्फ क बर्गमा बर्गीकृत हुन सफल भएको भन्दै प्रशंसापत्र सहित सम्मान गरिएको हो ।

त्यस्तै, सामुदायिक विद्यालय तर्फ रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयका विद्यार्थीहरु विनिता आले, आयुष पौडेल, श्रेया श्रेष्ठ, विश्वास रावल र रिना केसी सम्मानित भएका छन् ।

त्यस्तै, कालिका माध्यामिक विद्यालयका प्रसिद्धि चालिसे र मानशी सुवेदी सँगै जनता माध्यमिक विद्यालयका संजय सापकोटा, अंकिता अधिकारी, विज्ञान पराजुली सम्मानित हुनुभएको छ ।

संस्थागत विद्यालय तर्फ विद्यार्थीहरुमा अक्सफोर्ड सेकेण्डरी स्कूलका सुयोग आचार्य, वंसिका तिवारी, आयुश घिमिरे, परहान आलम, शिक्षा न्यौपाने सम्मानित हुनुभएको छ ।
त्यस्तै गैँडाकोट ईंग्लीस स्कूलबाट प्रकृति रेग्मी, मानसी लम्साल, सुयुक्ति कंडेल सम्मानित हुनुभएको छ भने स्मल हर्ट एकेडेमीका सिमोन्सा घिमिरे, निमिस पाण्डे र कण्टिनेण्टल ई. बो. स्कूलबाट प्रविना कुँवर पनि सम्मानित हुनुभएको छ ।

शिक्षक तर्फ सम्मानित हुनु हुनेमा रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयका १० जना शिक्षक रहेका छन् । जसमा शिक्षकहरु दुर्गाप्रसाद न्यौपाने, रमेश सोती, भिावना अधिकारी, सता देवी शर्मा, सोमनाथ न्यौपाने, चन्द्रकान्त भण्डारी, प्रकाश पौडेल, लिला ढुंगाना, टकनारायण राना, शिव जिसी सम्मानित हुनुभएको छ ।

त्यस्तै, कालिका माध्यामिक विद्यालयका शिक्षक निरोज खनाल, प्रकाशचन्द्र सापकोटा, डिल्लिराज आचार्य सम्मानित हुनुभएको छ । विजय आधारभूत विद्यालयबाट सरिता धिताल र जनता माध्यामिक विद्यालयबाट मनबहादुर घर्तिमगर सम्मानित हुनुभएको छ ।

संस्थागत विद्यालयहरु तर्फ भने अक्सफोर्ड सेकेण्डरी स्कूलका धेरै शिक्षक सम्मानित हुन सफल भएका छन् । अक्सफोर्ड सेकेण्डरी स्कूलका प्रदिप चौधरी, हरिकला लम्साल, युवराज भण्डारी, लक्ष्मी देवकोटा, कमलप्रसाद वाग्ले, आनन्द घिमिरे, प्रमोद पौडेल सम्मानित भएका छन् ।

गैँडाकोट नमुनाबाट सञ्जु केसी र शोभा घिमिरे, गैँडाकोट ईंग्लीस बोर्डिङ स्कूलबाट नरहरि सापकोटा, विजय सामुदायिक शिक्षा सदनबाट सुशिला मगर र सरिना पौडेल र कण्टिनेण्टल स्कूलबाट विजय बुढाथोकी सम्मानित हुनुभएको छ ।

कार्यक्रममा २० वर्ष बढी सेवा गरि सेवा निवृत्त २० जना शिक्षकहरु पनि सम्मानित भएका छन् ।

यसैगरी नगरालिकाद्धारा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरिएको निबन्धलेखन प्रतियोगितामा प्रथम हुने प्रिया पौडेल, द्वितीय हुने प्रितम आले र तृतीय हुने श्रेया पौडेललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

गैँडाकोटको समृद्धिमा शिक्षकहरुको इमान्दारितामा रहेको हुँदा नेपाली माटोमा कर्मशील बनाउन प्रेरित गर्ने शिक्षा प्रदान गर्न सम्पूर्ण शिक्षकहरु माझ गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले आग्रह गर्नुभएको थियो ।

गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य निर्मल पाण्डे, विष्णु पन्थी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत हेमचन्द्र पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा गैँडाकोट प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, गैँडाकोट १४ का वडा अध्यक्ष कोकीसरा राना, शिक्षा समिति सदस्य दोलराज पाण्डे, निवृत्त शिक्षक भुवन आले, बालविकास ईंग्लीस बोर्डिङ स्कूलका प्राचार्य दीपक रावत, नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्राई, शिक्षा समिति सदस्य खेमराज सापकोटा लगायतले गैँडाकोटको शिक्षा क्षेत्रको विकासका लागि आफ्ना धारणा र सम्मानित शिक्षक तथा विद्यार्थीलाई शुभकामना दिनुभएको थियो ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीको जित

चितवनमा १८ वर्षदेखी सेवारत ईमेज इन्स्टिच्युटको नयाँ व्यवस्थापन सहित ग्रान्ड रिओपनिङ्ग

जयश्री बनमा भिम बहादुर कुमालको नेतृत्व

बिश्व एड्स दिवसको विशेष अवसर पारेर रत्नराज्य लक्ष्मी माबि पितौजीमा सचेतनामुलक नाटक प्रस्तुत

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु