Search
Close this search box.

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरद्धारा ज्ञापन पत्र पेश

दयाराम आचार्य 

नवलपुर । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरले उद्योग , पर्यटन,वन तथा वातावरण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । आज डिभिजन वन कार्यालय मार्फत सामुदायिक वन उपभोक्ता महासंघले ज्ञापन पत्र बुझाएको हो ।
सरकारको कर नीतिका कारण सामुदायिक वन मारमा परेको भन्दै ज्ञापन पत्र बुझाइएको हो । सामुदायिक वनहरुले काठ कटान गरि घाटगद्धी गरेको भएपनि आन्तरिक तथा वाह्य विक्रिमा अग्रिम करकट्टीको विषयले विक्रि गर्न समस्या भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो ।

सामुदायिक वन समितिले ऋणमा पैसा खोजेर कटान मुछानको काम गरेको अवस्थामा अग्रिम करकट्टीको विषयले थप मारमा परेको सरोकारवालाको भनाई छ। सामुदायिक वनले आफ्ना उपभोक्तालाई आन्तरिक विक्रि गर्न समेत नपाएको हुँदा काठ कुहियाउने अवस्था सिर्जना भएकोले समस्या समाधानको माग सहित ज्ञापन पत्र बुझाइएको सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष मना भण्डारीले बताउनुभयो ।

सर्वोच्च अदालतले प्रदेश सरकारलाई कर नलिनको लागि गरेको निर्देशनलाई समेत अवमुल्यन गर्दै उपभोक्तालाई प्रदेश सरकारलाई अग्रिम कर बुझाउने, धरौटी खातामा रकम जम्मा गरेको भौचार पेश गरेपछि मात्र वितरणमा सहमति पाइने भनेर दिएको दबाव नै उपभोक्ताको आत्मसम्मान प्रतिको आक्रमण भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

आन्तरिक विक्रिमा समेत सहजिकरण नगरि उपभोक्तालाई वन र उपभोक्ता दुबैलाई समस्यामा पार्ने नीतिको विरुद्ध आफूहरु रहेको सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका सचिव सुसिल पौडेलले बताउनुभयो ।
सामुदायिक वनहरुलाई सरकारले आन्तरिक विक्रिमा १० प्रतिशत र बाह्य विक्रिमा २० प्रतिशत थप कर लगाउने व्यवस्था गरेको छ । करको विषय कतिपय व्यवहारिक नदेखिएकोले आफूहरु आन्दोलित हुनुपरेको सचिव पौडेलले बताउनुभयो । 
डिभिजन वन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सिता खड्का, सहित जिल्ला समतिका पदाधिकारी, वन समूहका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान