Search
Close this search box.

आज राजधानीमा युवा संघ र दुर्गा प्रसाईँ समूहको छुट्टाछुट्टै प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौंका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दै छन् । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन् । माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।

जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान