Search
Close this search box.

सरस्वती निकेतनमा बुधबारदेखि बार्षिक खेलकुद कार्यक्रम सुरु

गैँडाकोट ।

सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयमा बुधबारदेखि बार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यार्थीको खेल प्रतिभालाई निखार्न र हुन लागिरहेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीका रुपमा विद्यालयले आन्तरिक खेल प्रतियोगिता गरेको विद्यालयका प्रचार्य भरतबाबु कँडेलले बताउनुभयो ।

यस्तै विद्यालयका एकेडमीक इन्चार्ज कपिल लामिछानेले विद्यालयले विद्यार्थीहरुको क्षमता उजागर गर्न समयसमयमा बिभिन्न कार्यक्रम गर्दै आएको र यो पनि एक रहेको बताउनुभयो । विद्यार्थीको शारिरीक, मानसिक विकाससँगै सर्वाङ्गीण पक्षको विकासका लागि स्पोर्ट मिट गरेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुले दौड, भलिबल, फुटबल, रिले रेस, लङ जम्प, हाइ जम्प लगायतका बिभिन्न खेलहरु हुने विद्यालयका इसिए कोओर्डिनेटर समिर सापकोटाले जानकारी दिनुभयो । विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले बिभिन्न खेल कार्यक्रममा सहभागि हुनेछन ।

सोहि क्रममा राष्ट्रिय सेवा दल एनसिसिका विद्यार्थी खुकुरी ड्रिल प्रस्तुत गरेका थिए भने राष्ट्रिय गितमा नृत्य समेत प्रस्तुत गरेका थिए । मसाल बाली उद्घाटन गरिएको सो बार्षिक खेलकुद कार्यक्रम बुधबार देखि १५ गतेसम्म तहगत रुपमा विद्यालयमा सञ्चालन हुनेछ । यस किसिमको प्रतियोगितात्मक खेल कार्यक्रम विद्यालयले हरेक बर्ष गर्दै आइरहेको छ । बुधबार नै अफिसियल जजका साथमा सपथ ग्रहण समेत भएको छ ।

सो औपचारिक सत्रमा विद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेवि शर्मा, विद्यालयका बिभिन्न लेभलका लेभल हेड, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भने औपचारिक सत्रको सञ्चालन माध्यमिक तह प्रमुख रामकृष्ण कोइरालाले गर्नुभएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान