Search
Close this search box.

निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत सेयर पाउने, तीन मिनेटसम्मको ट्रेलर सित्तैमा बजाईदिने

नेपाली चलचित्र निर्माताले अब हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन् । चलचित्र संघ र चलचित्र निर्माता संघबीच बिहीबार यस्तो सम्झौता भएको हो ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । सबै स्वदेशी फिल्मले यो सुविधा पाउनेछन् ।

सम्झौताअनुसार गएको कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले हलहरुमा चलुन्जेल ५० प्रतिशत शेयर पाउनेछन् । यसअघि नेपाली चलचित्रका निर्माताले तेस्रो हप्ताबाट ३५ प्रतिशत मात्रै शेयर पाउने गरेका थिए । गएको बुधबार र बिहीबार दुई दिनसम्म चलेको वार्तापछि हल सञ्चालकहरु आफूहरुको मागमा सहमत हुन तयार भएको ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

शेयर बाँडफाँड ५०–५० प्रतिशतको अलवा चलचित्र संघ र निर्मातासँगबीच अन्य सहमति पनि भएको छ । निर्माता कँडेलका अनुसार अबदेखि चलचित्र हलमा लाग्नुअघि नेपाली फिल्मको तीन मिनेटसम्मको ट्रेलर १५ दिनसम्म हलले सित्तैमा बजाइदिनेछ । यसअघि डेढ मिनेटको ट्रेलर मात्रै हलले बजाइदिने गरेको थियो । साथै हलहरुमा पोस्टर लगाउन निर्माताहरुले हल सञ्चालकलाई पैसा तिर्नुपर्ने अवस्था थियो । अबदेखि पोस्टर टाँस्न पनि पैसा तिर्नु नपर्ने भएको छ ।

निर्माता कँडेलले भने, ‘दिमाग खराबले उठाएको मुद्दालाई उहाँहरुले अहिले सम्बोधन गर्नुभएको छ । यसले सिंगो नेपाली फिल्मलाई नै फाइदा पुर्याउने छ । कम्तीमा हामी निर्माताहरुलाई ठूलो रहत महसुस भएको छ ।’

गएको कात्तिक २९ गते ‘दिमाग खराब’ टीमले हलहरुमा शो बाँडफाँडमा अन्याय भएको भन्दै आफ्नो फिल्म हलबाट उठाउने चेतावनी दिएका थिए । आफूहरुले तेस्रो हप्ता पनि ५०–५० प्रतिशत शेयर पाउनुपर्ने, विदेशी फिल्म बराबर शो पाउनुपर्ने । यदि नपाएको खण्डमा फिल्मलाई हलबाट निकालेर प्रदर्शनका लागि वैकल्पिक माध्यम खोज्न बाध्य हुने बतार्एका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान