Search
Close this search box.

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

नेवाः मिसा दबू, गैंडाकोट नगर समितिको आयोजनामा गैंडाकोटमा सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुने भएको छ । शनिबार गैंडाकोट २ को नारायणी नदी किनारमा रहेको श्री नारायणी नवदुर्गा मन्दिरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गरार्ईएको हो ।

गैंडाकोट २ मा अवस्थित श्रीराम पार्टी प्यालेसमा  यहि मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुन लागिरहेको नेवाः मिसा दबू, गैंडाकोट नगर समितिकी अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नेवार समुदायको परम्परा अनुसार गैंडाकोट नगर भित्रका २५ जना भन्दा बढी नेवारी किशोरीहरुको सामुहिक बेल विवाह हुँदैछ । नेवारी परम्परा अनुसार रजस्वाला हुनु भन्दा अगाडी नै बिजोर वर्ष पारि नेवारी कन्याहरुको बेलसँग र सुर्य भगवानसँग विवाह गर्ने परम्परा रहेको छ । तत्पश्चात मात्र श्रीमानसँग विवाह गर्ने प्रचलन रहेको हुँदा नेवारी कन्याहरुको जीवनकालमा तीन पटक सम्म विवाह हुने धार्मिक मान्यता र परम्परा रहेको छ । यस्तो विवाह गर्नाले कथमकदाचित श्रीमानको मृत्यु भएमा पनि ततपश्चात महिलाहरुले रातो बस्त्र धारण गर्न पाउने नेवार समुदायका अगुवाहरुले बताउँछन् ।

नेवाः मिसा दबू, गैंडाकोट नगर समितिको वार्षिक उत्सबको विशेष अवसर पनि पारी केक काटी नेवार समुदायका अगुवा बीच वार्षिक उत्सब पनि मनाईएको थियो । वार्षिक उत्सबसँगै नेवाः मिसा दबू, गैंडाकोट नगर समितिले गर्न लागेको सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) कार्यक्रमको पनि जानकारी गराईएको हो । आयोजक समितिकी अध्यक्ष सीता श्रेष्ठले गर्न लागिएको कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमको सहजीकरण गर्नुहुँदै समितिकी सचिब शर्मिला श्रेष्ठ सँगै नेवाः पुच गैंडाकोटका संस्थापक अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले पनि बेल विवाहको बारेमा थप प्रष्ट पार्नुभएको थियो । नेवार समुदायले किन बेल विवाह गर्छन् र यसको धार्मिक आस्था र महत्व के रहेको छ भनि थप प्रष्टाउनुभएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान