Search
Close this search box.

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

Symbolic Death Picture

बुवाको हत्या गरेको आरोपमा झापामा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बुवाकोको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो ।

सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।

छोरा आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेको बताईएको छ । मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ ।

घटनापछि आशिष भागेका थिए । उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले कमल–४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान