Search
Close this search box.

बिश्व एड्स दिवसको विशेष अवसर पारेर रत्नराज्य लक्ष्मी माबि पितौजीमा सचेतनामुलक नाटक प्रस्तुत

आज डिसेम्बर १ अर्थात बिश्व एड्स दिवसको विशेष अवसर पारेर गैैंडाकोट १० मा अवस्थित श्री रत्नराज्य लक्ष्मी मा बि पितौजिका कक्षा ५ मा अध्ययरत बिध्यार्थी भाइबहिनी हरुले एड्स सङ सम्बन्धित सचेतनामुलक नाटक प्रस्तुत गरेका छन् । उक्त नाटक बिध्यालय को स्वास्थ्य शाखाको आयोजनामा देखाइएको थियो । विद्यालय परिसरमा आयोजना गरिएकोे नाटकमा एड्स रोग र यसबाट बच्न कसरी सकिन्छ भन्ने विषयमा रहेर विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।

मानवको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने जिवाणु (ह्युमन इम्युनी डेफिसेन्सी भाइरस) कुनै माध्यमबाट शरीरमा प्रवेश गरेमा रगतमा यसको बृद्धि विकास हुनु नै एचआइभी सङ्क्रमण हो। एचआइभीले मानव शरीरको रोगसँग लड्नसक्ने क्षमतालाई कमजोर बनाउदै लगेपछि जुनसुकै रोगले पनि आक्रमण गरी रोगी तुल्याउन सक्ने अवस्था नै एड्स हो ।

विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हरेक वर्ष डिसेम्बर १ तारिखका दिन मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सलाई अन्त्य गरौं’ तय गरिएको थियोे । ३५ औँं विश्व एड्स दिवसको अवसरमा नेपाल सरकारले विभिन्न सचेतना मुलुक कार्यक्रमको आयोजना गरेको थियोे ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को अन्त्यसम्म विश्वभर एचआईभीबाट ३ करोड ९० लाखजति सङ्क्रमित भएका छन् । तीमध्ये ३ करोड ७५ लाख १५ वर्षमाथिका वयश्क छन् भने १ करोड ३० लाख नयाँ सङ्क्रमित रहेका छन्। जसमा झण्डै २ करोड ९० लाख एड्सको उपचार सुविधा पाएका छन् भने ६ लाख ३० हजारजति एड्ससँग सम्बन्धित स्वास्थ्य समस्याबाट मृत्यु भएका छन्, तीमध्ये १ लाख ५० हजार जन्मेदेखि १४ वर्षसम्मका बालबालिकाको समेत मृत्यु भएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान