Search
Close this search box.

जयश्री बनमा भिम बहादुर कुमालको नेतृत्व

जयश्री सामुदायिक बन वन उपभोक्ता समूह गैंडाकोट ४,५ र ३,८ को ७ औ अधिबेशन प्रजातान्त्रिक पद्धती अनुसार सम्पन्न भएको छ । अधिबेशनले आगामी कार्यकालको लागि लेखा समिती सहित १८ सदस्यीय कार्य समिती निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रतिष्पर्धी दिनेशराज न्यौपानेलाई ५ मतले हराएर उहाँ विजयी हुनुभएको हो । अध्यक्षमा गैंडाकोट वडा नम्बर ५ का भिम बहादुर कुमाल अध्यक्ष पदका अर्का प्रतिष्पर्धी दिनेशराज न्यौपानेलाई ५ मतले हराउदै उनी बिजयी भएका हुन ।

नवलपुर जिल्लाकै उत्कृष्ट जयश्री सामुदायिक बन वन उपभोक्ता समूहको उपाध्यक्षमा ढाकादेबी सुबेदि, सचिव टेकबहादुर आले, कोषाध्यक्ष पार्वती ढकाल, सह-सचिव अर्जुन पोख्रेल, महिला सदस्यहरुमा राधिका कार्की, सरस्वती बगाले, इस्वरी खत्री, सुनिता दर्जी, सकुन्तला दवाडी र लक्ष्मी कमली खुल्ला सदस्यबाट काशिराम गौतम, निर्मलराज रिमाल, एकदेब घिमिरे, कुलप्रसाद आचार्य र लेखा समिती सम्योजक राजेन्द्रराज घिमिरे, वासुदेव आचार्य सुवासचन्द्र आचार्य लेखा समिती सदस्यमा निर्वाचित भएका छन ।

नव निर्वाचित अध्यक्ष कुमाल बिजेता भए सङै प्रतिक्रिया दिदै आफ्नो पहिलो प्राथमिकता स्थानीयस्तरमा आम मानिसले वन संरक्षणमा जोड दिइरहेका बेला वन व्यवस्थापन, वनको उपयोगिता र वनको दिगो विकासका लागि आम उपभोक्ता, स्थानीय, प्रदेश, केन्द्र सरकार लगाएत सरोकार पक्ष सङ्ग हातेमालो गर्दै विभिन्न कार्ययोजना निर्माण गर्ने उनले बताए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान