Search
Close this search box.

चितवनमा १८ वर्षदेखी सेवारत ईमेज इन्स्टिच्युटको नयाँ व्यवस्थापन सहित ग्रान्ड रिओपनिङ्ग

ईमेज इन्स्टिच्युट प्रा.लि, नारायणगढ चितवनले नयाँ व्यवस्थापन सहितको सेवा शुभारम्भ गरेको छ । चितवनमा १८ वर्षदेखी सेवारत ईमेज इन्स्टिच्युट प्रा.लि.ले नयाँ व्यवस्थापन सहित आफ्नो ग्रान्ड रिओपनिङ्ग गरेको हो । उच्च शिक्षाका लागि जापान पढ्न जाने विद्यार्थीहरुका लागि यस संस्थाले १८ वर्षदेखि निरन्तर सहजिकरण गर्दै आएको छ ।

दक्ष भाषा प्रशिक्षक तथा अनुभवी परामर्शदाताहरु मार्फत् विद्यार्थी र अभिभावकहरुलाई सेवा दिदै आएको ईमेज इन्स्टिच्युटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले ग्रान्ड रिओपनिङ्गका बीच बताउनुभयो । नेपालदेखि जापानसम्मको सहयात्री बन्दै त्यहाँको रहन–सहन तथा आधारभूत कानुनी ज्ञान ईमेज इन्स्टिच्युटले प्रदान गर्दै आईरहेको प्रबन्ध निर्देशक बुढाथोकीले बताउनुभयोे । जापान गएका हजारौं विद्यार्थी र नेपालीहरूको विश्वास र सहयात्री बन्न पाएकोमा गौरवान्वित महशुस गरेको पनि उहाँले बताउनुभयो । बजारमा अस्वस्थ्य प्रतिपर्धाका बीच पनि इमेजले आफ्नो नाम जोगाएर जापान जान चाहने नेपालीहरुको विश्वास कमाउन सकेको उहाँले बताउनुभयो । कार्यक्रमका बीच उहाँले इमेज इन्स्टिच्युटलाई यहाँसम्म ल्याउनका लागि यसलाई विश्वास गरेर जति विद्यार्थीहरु जापान जानुभयो उहाँहरु प्रति आभारी रहेको पनि बताउनुभयो । जापान गएका हाम्रा विद्याथीहरु नै हाम्रो विश्वासको आधार रहेको पनि उहाँले बताउनुभयो । उनीहरुको सकारात्मक पृष्ठपोषणले काम गर्न थप उर्जा मिलेको पनि उहाँले बताउनुभयो ।

नारायणगढको शहिदचोकमा मुख्य कार्यालय रही गोरखाको हरमटारी, चितवनको चनौली, मेघौली र माडीबाट शाखा कार्यालय मार्फत् स्टुडेन्ट भिषामा जापान जान चाहानेहरुलाई भाषा कक्षा तथा आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आईरहेको ईमेज इन्स्टिच्युटका निर्देशक सुजिना सिंहले जानकारी दिनुभयो । ग्राण्ड रि ओपनिङ कार्यक्रममा थुप्रै चुनौतीहरुलाई पार गर्दै चितवनकै पहिलो संस्था भएर सेवा सुरु गरेको उहाँले बताउनुभयो ।

१८ औँ वार्षिकोत्सव अवसरमा ईमेज इन्स्टिच्युटले खुसीयाली साटासाट गरेको छ । चितवनको पहिलो संस्थाको रुपमा दावी गर्दै आएको ईमेज इन्स्टिच्युटले सन् २००५ देखि भरतपुर–२, क्षेत्रपुरमा न्यु ईमेज इन्स्टिच्युटको नामबाट स्थापित थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान