Search
Close this search box.

मुकुन्दपुर साकोेसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, १ करोड १८ लाख रुपैयाँ नाफा कमाउन सफल

गैँडाकोट ।
मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका १९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाले सम्पन्न साधारण सभामा १ करोड १८ लाख रुपैयाँ नाफा गरेको देखाएको छ । संस्थाका अध्यक्ष गोविन्दराज कोइरालाले गत आर्थिक वर्षमा १ करोड १८ लाख रुपैयाँ नाफा गरेको जानकारी दिनुभएको हो । संंंस्था अहिले सुशासन र समृद्धिमा संस्थाका गतिविधि केन्द्रित रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले ठूला–ठूला शहरमा सहकारीका कार्यालय राख्ने र गाउँ–गाउँमा गएर अपचलन एवं दुरुपयोग गर्ने सहकारीका कारण बदनाम भइरहेको बताउँदै सजग हुन आह्वान गर्नुभयो । मुकुन्दपुर बचत सहकारीको वित्तीय अवस्था र व्यवस्थापन हेर्दा उत्कृष्ट सहकारीका रुपमा पाएको उहाँको भनाई थियो । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीको श्रीवृद्धि एवं विकासका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको बताउँदै सदस्य पनि सजग भएर कारोबार गर्न आग्रह गर्नुभयो ।

साधारण सभामा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै कार्यबाहक सचिव वसन्त कुमार श्रेष्ठले २५ वटा नियमित कार्यक्रमसँगै सदस्य बीमा, बैङ्कङि ई–टेलर, तालिम लगायतका २३ प्रकारका विशेष कार्यक्रम गरिने बताउनुभयो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नारायणप्रसाद कँडेलले ३ करोड ७९ लाख ९८ हजार ३ सय सेयर पूँजी र ३६ करोड १४ लाख २१ हजार ६ सय १२ रुपैयाँ सम्पत्ति रहेको जानकारी दिनुभयो । लेखा संयोजक पूण्यप्रसाद पौडेलले त्रिवर्षिय एवं पञ्चवर्षिय रणनैतिक कार्ययोजना बनाई लागु गर्न, व्यवस्थापन र सञ्चालकहरुको संयुक्त प्रयासमा ऋण असुलीमा ध्यान दिन सुझाव दिनुभयो ।

कार्यक्रमका वक्ताहरुले संस्थाको श्रीवृद्धि, संस्थागत विकास, सदस्य केन्द्रीयता, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सक्षम होस् भनि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख शान्ति कोइराला, वडा अध्यक्षहरु गोविन्द सुवेदी, चक्रपाणी कँडेल, जिल्ला सहकारी संघका कोषाध्यक्ष टीकाराम कँडेल, सल्लाहकार संयोजक बलराम शर्मा सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष रामचन्द्र धितालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत सुरज लामिछानेले गर्नुभएको थियो । मुकुन्दपुर बचत सहकारीमा हाल ५ हजार २ सय ५३ सेयर सदस्य रहेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान