Search
Close this search box.

सरस्वती निकेतन विद्यालयले सम्मान तथा उत्सव समारोह आयोजना गरी खुसीयाली साटासाट

गैँडाकोट ।

सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले बुधबार विद्यालयमा सम्मान तथा उत्सव समारोह आयोजना गरी खुसीयाली साटासाट गरेको छ । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयले ६ स्वर्ण, ५ रजत, ५ कास्य पदक सहित निजी विद्यालय तर्फ नगर प्रथम र समग्रमा द्वितिय भएको थियो । साथै उद्धघाटन समारोहमा भएको मार्चपासमा सर्व उत्कृष्ट मार्चपास प्रस्तुत गर्दै प्रथम भएको अवसरमा विद्यालयले बधाइ, सम्मान तथा उत्सव समारोह आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले विद्यालयले विद्यार्थीको चौतर्फीको विकासका लागि अध्ययन अध्यापनसँगै अन्य अतिरिक्त क्रियाकलापलाई अगाडी बढाएकोले नै बिभिन्न प्रतियोगितामा सफल भएको बताउनुभयो । विद्यार्थीलाई खेलले स्वास्थ्य र शारिरीक विकास सँगै मानसिक विकासका लागि पनि सहयोग गर्ने हुनाले प्रोत्साहन गर्दै आएको बताउनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले गैँडाकोटमा शिक्षा क्षेत्रमा ३० बर्षदेखि योगदान दिएको सरस्वतीले खेलकुदलाई सदैव प्रोत्साहन गर्ने गरेको बताउनुभयो । उहाँले अध्ययनमा सफल हुने विद्यार्थीलाई जस्तै खेलमा सफल हुने विद्यार्थीलाई पनि सम्मान गर्नुपर्ने बताउनुभयो । साथै सरस्वतीले हासिल गरेको सफलताका लागि बधाई पनि ज्ञापन गर्नुभयो ।

यस्तै गैँडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेलले खेलको विकासका लागि खेलकुद विकास समिति गठन गरी काम अगाडी बढाइएको बताउनुभयो । साथै उहाँले सरस्वती निकेतन राष्ट्रपति रनिङ शिल्डमा मात्र नभई शिक्षा शाखा वा गैँडाकोट नगरपालिकाले आयोजना गर्ने हरेक कार्यक्रममा नियमित सहभागि र सफल भएको बताउनुभयो । विद्यालयले बिभिन्न कार्यक्रमलाई यसरी अगाडी बढाउँदै गएकोमा अझै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले विद्यार्थी र विद्यालयको मिहेनतका कारण उत्कृष्ट भएको बताउदैँ बधाई तथा आभार व्यक्त गर्नुभयो । उहाँले खेल र खेलमा विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि नगरपालिका सँगै वडा पनि सदैब अगाडी बढ्ने बताउनुभयो । आगामी दिनमा खेलमा अझै प्रगती गर्दै आफ्नो क्षमता विश्वमाझ चिनाउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीचन्द्र चालिसेले विद्यालय, विद्यार्थी, शिक्षक सबैको मिहेनतले यो सफलता हासिल गरेको बताउनुभयो । साथै खेलले विद्यार्थीलाई अनुशासन र समुहमा मिलेर काम गर्न पनि सिकाउने हुनाले यसको बिशेष महत्त्व रहेको बताउनुभयो ।

कार्यक्रममा गैँडाकोट खेलकुद समितिका सचिव प्रकाश पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्मा, विद्यालय सञ्चालक समितिका अध्यक्ष चोक्षादेवी देवकोटा कँडेल, विद्यालयका सह प्राचार्य लक्ष्मण कँडेल, एकेडमीक इन्चार्ज कपिल लामिछाने, गैँडाकोट १ का बिभिन्न टोल सञ्जाल र महिला समूहका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका मा.वी तह प्रमुख रामकृष्ण कोइरालाले गर्नुभएको थियो ।

यस्तै विद्यार्थीहरुले अतिथीहरुलाई मार्चपास प्रस्तुत गरी देखाएका थिए । भने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा द्वितिय र उद्धघाटन समारोहमा भएको मार्चपासमा सर्व उत्कृष्ट भएकोमा ¥याली सहित उत्सव मनाएको हो ।

 

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान