Search
Close this search box.

कालिका नमुना मा.वि. गैँडाकोट ८ कोे ४८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न

गैँडाकोट ।

कालिका नमुना माध्यामिक विद्यालय गैँडाकोट ८ ले ४८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस बुधबार एक कार्यक्रम आयोेजना गरि मनाएको छ । कार्यक्रममा बोल्नु हुँदै विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलले विद्यालयका समग्र विद्यार्थीको शैक्षिक उपलब्धी सन्तोषजनक रहेको बताउनुभयो । अघिल्लो शैक्षिक सत्रमा विद्यार्थीको सिकाइ उपलब्धी २ दशमलब ९० जिपिए रहेको बताउनु भयो सँगै यसै शैक्षिक सत्रमा विद्यार्थीको सिकाइ उपलब्धी बढाउन विद्यालयले सुधारका कार्यक्रम गरिरहेको पनि प्रधानाध्यापक कंडेलले बताउनुभयो ।

यस विद्यालयमा १४ सय ८२ जना विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयमा ५५ प्रतिशतभन्दा बढी दलित तथा जनजाति समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् । ३०७ जना दलित र ४९५ जना जनजाति र ६ सय ३४ जना ब्राम्हण क्षेत्री समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् ।

अभिभावकहरुको चाहना र बालमनोविज्ञानलाई आधार मान्दै यस विद्यालयले कक्षा ३ सम्मका विद्यार्थीका लागि झोला बोक्न नपर्नेगरि विद्यालयमानै पाठ्यपुस्तकको व्यवस्था मिलाएको छ ।

आगामी शैक्षिक सत्रदेखि ४ कक्षा र ५ कक्षाका विद्यार्थीहरूलाई पनि झोला बोक्न्ुनपर्ने व्यवस्था मिलाउने विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलले बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोटको शैक्षिक क्षेत्रको विकासका लागि गैँडाकोट नगरपालिकाले प्रतिवद्ध रहेको बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, निवर्तमान उपप्रमुख विष्णुकुमारी कंडेल, गैँडाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम सापकोटा, शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाइ, शिक्षा समिति सदस्य दोलराज पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सापकोटाले विद्यालयको पुर्वाधार विकास र शैक्षिक सत्र सुधारका लागि विद्यालयले विद्यालय सुधार योजना अनुसार कार्यसम्पादन गर्ने बताउनुभयो । यस विद्यालयमा ५७ जना शिक्षक र ४ जना स्वयंसेवक शिक्षक रहेका छन् । १४ सय ८२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा २६ जना स्थायि शिक्षक, १२ जना अस्थायी तथा सरकारी अनुदानका शिक्षक, १९ जना निजि तहको शिक्षक र ४ जना स्वयंसेवक शिक्षक रहेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान