Search
Close this search box.

निकेशबाबु प्रतिष्ठान, गण्डकी बचत र जलुके खानेपानीद्धारा रक्तदान कार्यक्रम, आँखा शिबिर र क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

गैँडाकोट ।

निकेशबाबु प्रतिष्ठान, गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जलुके खानेपानी संस्थाको संयुक्त आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जम्मा ६६ जनाले रक्तदान गरेको छन् । ५२ जना पुरुष र १४ जना महिला गरी जम्मा ६६ जनाले रक्तदान गरेको निकेशबाबु प्रतिष्ठानका प्रमुख संरक्षक भरतबाबु कंडेलले जानकारी दिनुभयो ।\

शुक्रबार नै सँगै भएको आँखा जाँच शिबिरमा २ सय ३७ जनाले आँखा जाँच गराएका थिए । आँखा जाँचका लागि भरतपुर आँखा अस्पताल र रक्तदानका लागि रक्तसञ्चार केन्द्र भरतपुरको प्राबिधिक सहयोग रहेको आयोजकहरुले बताएका छन् ।

कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. प्रदिप न्यौपानेले क्यान्सर सम्बन्धी सचेतना सुझाबहरु दिनुभएको थियो । उहाँले पाठेघरको क्यान्सर, स्तन क्यान्सर, आन्द्राको क्यान्सर लगायतका क्यान्सर बढि देखिने क्यान्सर भएकाले त्यसमा बढी ध्यान दिन र खानपानको बानीलाई स्वस्थकर बनाउन आग्रह गर्नुभयो ।

अस्पतालमा रगत नपाएर छट्पटिनेलाई मात्र रगतको महत्व थाहा हुने र रगतदान गर्नु रगत दान मात्र नभई जिवन दान भएको कार्यक्रमका प्रमुख अतिथी एवं गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । रक्तदानले कमजोर बनाउछ भन्ने भ्रम रहेपनि त्यो सत्यता नभएकाले योग्य व्यक्ति जति सबैले रक्तदान गर्नुपर्ने बताउनुभयो ।

रक्तदानमा उत्साहित हुँदै रक्तदान गर्नुभएका रक्तदातालाई धन्यबाद दिदैँ गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले मानविय संबेदनशिलता बुझेर आवश्यकताका आधारमा कार्यक्रम गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।

सामाजिक कार्य र पुण्यको कामका लागि ३ संस्था मिलेर काम गरेको निकेशबाबु प्रतिष्ठानका संरक्षक सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले बताउनुभयो । यसले पुण्यको कार्यमा सहकार्य गरेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति सदस्य एवं कार्यक्रमका संयोजक नरहरि सापकोटाले सामाजिक उत्तरदायित्व सामाजिक संस्थाले बहन गर्दै विगतका बर्षदेखि नै यस्ताखाले कार्यक्रम गर्दै आएको बताउनुभयो । साथैे कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तसञ्चार सेवा केन्द्र, भरतपुर आँखा अस्पताल लगायत सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा सरस्वती निकेतनका विद्यार्थीले मार्चपास प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य जलुके खानेपानी तथा उपभोक्ता समूहका अध्यक्ष जगन्नाथ पौडेलले राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका सह प्राचार्य लक्ष्मण कँडेलले गर्नुभएको थियो ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान