Search
Close this search box.

गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा डस्बिन वितरण

गैंडाकोट

गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शुक्रबार एक कार्यक्रम गरि डस्बिन वितरण गरेको छ । कार्यक्रममा संस्थाले आफ्ना उपभोक्ताहरु भएका टोलमा जम्मा २६ वटा डस्बिन वितरण गरिएको हो । गैँडाकोट पम्पिङकका खानेपानी वितरणका लागि ८ वटा कलस्टर छन् । ८ वटा कलस्टरको १३ वटा स्थानका लागि २६ वटा डस्बिन वितरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । खानेपानी संस्थाले पानी वितरण मात्र नभई सरसफाई र सुरक्षाको सवालमा पनि योजना बनाएर काम गरिरहेको छ । खानेपानी संस्थाले फोहोरमैला व्यवस्थापनमा चालेको पाइलामा स्थानीय सरकारले पनि साथ दिनुपर्ने अध्यक्ष न्यौपानेको तर्क थियो ।

अहिले गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गैँडाकोट १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा सुरक्षित पानी वितरण गदै आएको छ । अहिले १३ स्थानमा डस्बिन वितरण गरेको संस्थाले आवश्यकता अनुसार अन्य स्थानमा पनि राख्ने बताएको छ ।

त्यस्तै संस्थाका व्यवस्थापक रविन्द्रराज घिमिरेले प्रत्येक स्थानमा फलामको स्टेन बनाएर कुहिने फोहोर र नकुहीने फोहोर छुट्टाछ्ट्टै राख्नका लागि दुई–दुई वटा डस्बिनको व्यवस्थापन संस्थाले गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा संस्थाका सहसचिव तथा खानेपानी सुरक्षा समिति संयोजक कृष्णप्रसाद काफ्लेले मान्छेको आवाजजावत धेरै हुने स्थानको छनोट गरी सोही स्थानमा डस्बिनको व्यवस्थापन गरिएको बताउनुभयो । यसमा संकलन भएको फोहोरको उचित व्यवस्थानका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय सरकारले सहजीकरण गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, २ का वडा अध्यक्ष प्रकाश सापकोटा, ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, ८ का वडा सदस्य खगेश्वर सापकोटा, ५ का वडा सदस्य तुलसी गौतम, २ का वडा सदस्य काशिराम अर्याल लगाएतले खानेपानी संस्थाले गरेको काम प्रशंसायोग्य रहेको बताउनु भयो । साथै संस्थाको काममा स्थानीय सरकार सधै साथमा रहने जनप्रतिनिधिहरुले आफ्नो सम्बोधनका क्रममा बताएका थिए ।

कार्यक्रम संस्थाका व्यवस्थापक रविन्द्रराज घिमिरेले संचालन गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य खानेपानी सुरक्षा समिति सदस्य डिल्ली न्यौपानेले राख्नुभएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान