Search
Close this search box.

श्री रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० पितौजीले आफ्नो ५५ औं वार्षिक उत्सब मनायो

गैंडाकोट

श्री रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० पितौजीले आफ्नो ५५ औं वार्षिक उत्सब पौष ५ गते बिहिबार विविध कार्यक्रम गरि मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्याउनु हुने विभिन्न ब्यक्तिहरुलाई विद्यालयले सम्मान गरेको थियो ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले एउटा चौरबाट विद्यार्थी जम्मा गरि पढाउन सुरु गरिएको विद्यालयको प्रगति निकै लोभलाग्दो भएको बताउनुभयो । त्यसरी पढाउन सुरु गरेका केहि शिक्षकहरु अझै पनि हामी माँझ हुनु भएको हुँदा उहाँहरु सबैलाई सम्मान ब्यक्त गनुभयो । विद्यालय राम्रो बनाउनका लागि शिक्षक, ब्यवस्थापन समितिसँगै यहाँका अभिभावकहरुको पनि विशेष भूमिका रहेको बताउनुभयो ।

सम्बोधनका क्रममा नगरप्रमुख अधिकारीले सम्झदै भन्नुभयो “म कुनै बेला जनक मा.वि.को विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष थिए त्यो बेला एस.एल.सी.मा कुन विद्यालय जिल्ला प्रथम भयो भन्दा स्कूलको नाम नआएर विद्यालयको प्रधानाध्यापक दुर्गा सरको नाम आउँथ्यो । दुर्गासरको स्कूल जिल्ला प्रथम भयो भनेर । यसरी विभिन्न कालखण्डमा विभिन्न ब्यक्ति तथा समाजको निरन्तर योगदानका कारण विद्यालय आजको दिनसम्म आईपुगेको हो ।” विद्यालयलाई यहाँसम्म ल्याउनुहुने भूतपूर्ब प्रधानाध्यापक दुर्गादत्त भुषाल सर लगायतका सम्पूर्ण शिक्षक तथा ब्यवस्थापन समितिका साथीहरु र अभिभावकलाई धन्यवाद दिनुभयो । गैंडाकोटको शिक्षाकोे स्तरलाई माथि उठाउन रत्नराज्य लक्ष्मी मा.वि.को भूमिका उच्च रहेको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयले अझ पछिल्लो समयमा प्राविधिक धार तर्फ विद्यालयस्तरबाट नै कम्प्युटर इन्जिनियरिङ्गको पढाई सुरु गरि आफ्नो नामलाई अझ उच्च राख्न सफल भएको बताउनुभयो । आगामी दिनमा यो विद्यालयको लागि जस्तो सुकै सहयोग गर्न पनि नगरपालिका तयार रहेको प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । यो विद्यालयबाट अन्य विद्यालयले पनि पाठ सिक्नुपर्ने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ती कोईरालाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख कोईरालाले यो विद्यालयले आगामी पुस्तालाई यहि नेपालमा नै केहि गरेर खान सक्ने चेत दिन आग्रह गर्नुभयो । अहिलेको परिस्थितीमा सबै पढेका युवाहरु बिदेशिने क्रम विकारल भएको बताउनुभयो । यसको रोकथाम र देशमा नै केहि गर्नुपर्छ भन्ने शिक्षा विद्यालय स्तरबाट नै दिनुपर्ने बताउनभयो । कार्यक्रममा गैंडाकोट वडा १० का वडाध्यक्ष देविदत्त कंडेल, मुकुन्दपुर खानेपानीका अध्यक्ष शेषकान्त देवकोटा, मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष गोपाल श्रेष्ठ, नवज्योती दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष बिमल रावत, विद्यालय ब्यवस्थापन समितिका पूर्ब अध्यक्षहरु दुर्गादत्त भुषाल, यमुनाथ आचार्य, हरिराज गौतम, दीपक अधिकारी, कृष्ण सापकोटा, तुलसी सुवेदी, शिक्षा विकास तथा समन्वय इकाईका पूर्ब प्रमुख, शाखा अधिकृत कृष्ण चन्द्र पोखरेल, गैंडाकोट नगरका शिक्षा अधिकृत हेमचन्द्र पौडेल, पूर्ब प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिती रहेको थियो ।

वार्षिकोत्सबको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरेका अक्षयकोषदाताहरुबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न छात्रवृत्ति अन्तर्गत नगद, पुस्तक, कपि तथा पोशाक वितरण गरिएको थियो ।
विद्यालयको बिएई, एसईई र कक्षा ५ को अन्तिम परीक्षामा आ–आफ्नो विषयमा उत्कृष्ट जीपिए सहित विद्यार्थी उर्तिण गराउन सफल हुनुहुने शिक्षकहरु र विद्यालयको विभिन्न कालखण्डमा विभिन्न पदमा रहेर सहयोग गर्नुहुने ब्यक्तिहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।

वार्षिकोत्सबको पूर्बसन्ध्यामा पौष ३ र ४ गते अभिभावकहरु बीच र विद्यार्थीहरु बीच विविध खेलकुद कार्यक्रम गरिएको थियो । उक्त खेलकुद कार्यक्रममा प्रथम, दोश्रो र तेश्रो हुनेहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं पूर्ब शिक्षक तीर्थ राज बरालको अध्यक्षतामा भएको हो भने कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य विद्यालयका शिक्षिका लिला ढुंगानाले गर्नुभएको थियो । वार्षिकोत्सब कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक दिनेश कंडेलले गर्नुभएको थियो ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान