Search
Close this search box.

देउराली सामुदायिक बन उपभोक्ता समुह गैंडाकोट १२ को १५ औ बार्षिक साधारण सभा सम्पन्न

गैंडाकोेट

देउराली सामुदायिक बन उपभोक्ता समुह गैंडाकोट १२ को १५ औ बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । समुहको कार्यलय परिसरमा १५ औ बार्षिक साधारण सम्पन्न भएको हो ।

सब डिभिजन बन कार्यलय, गैंडाकोटका प्रमुख, सहायक बन अधिकृत सुर्य सिङ गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुरुङ्गले यो सामुदायिक वनमा महिलाको उपस्थितीले आफु धेरै खुशी भएको बताउनुभयो । धेरै सामुदायिक वनमा प्रतिनिधि मुलक मात्र महिला हुने गथ्र्यो भने यो बनमा धेरै नै महिला समूहको नेतृत्व रहेकोमा खुशी ब्यक्त गर्नु भयो । कार्यक्रममा उपाभोेक्ताहरुको उल्लेख्य उपस्थितीले पनि आफुलाई खुशी लागेको बताउनु भयो । प्रमुख अतिथि गुरुङ्गले वक्ताहरुले उठाएका विविध प्रश्नहरुकोे जवाफ समेत आफ्नो सम्बोधनका क्रममा समेट्नु भएको थियो ।

देउराली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष फौद बहादुर महतो बाट बार्षिक कार्यक्रम प्रस्तुत गरिएको थियो । आ.व. २०७९/८० को प्रगती प्रतिबेदन र आ ब २०८०/०८१ को प्रस्तावित बजेट बनका सह सचिब थिर बहादुर आलेले प्रस्तुत गर्नु भएको थियो । आ.व. २०७९/८० को आर्थिक प्रतिबेदन बनका कोषाध्यक्ष जित कुमारी थनेत ले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा लेखा समितिको प्रतिवेदन समूहका लेखा संयोजक तिर्थराज थनेतले प्रस्तुत गर्नुभएको थियो ।

गैंडाकोट १२ का वडाक्ष्य चक्रपाणी कंडेल, स्थानीय सामुदायिक बन महासंघ गैंडाकोटका अध्यक्ष निर्मला कंडेल, भेडाबारी सामुदायिक बनका अध्यक्ष क्या वीर बहादुर शाही, पुष्पाञ्जली आमा समूहका अध्यक्ष मोती कुमारी क्षेत्री, कैलास सन्यास आश्रमका महासचिव नेत्र प्रसाद रिजाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आफ्नो सम्बोधनका क्रममा स्थानीय सामुदायिक बन महासंघ गैंडाकोटका अध्यक्ष निर्मला कंडेल र भेडाबारी सामुदायिक बनका अध्यक्ष क्या वीर बहादुर शाहीले वनले करलाई २, ३ ठाउँबाट भन्दा एकद्धार प्रणालीबाट तिर्नको लागि सरकारले सहजीकरण गरिदिनुपर्ने धारणा राखेका थिए । सरकारले बनमा लगाएको करको विषयमा प्रस्टाउनका लागि प्रमुख अतिथि सब डिभिजन बन कार्यलय, गैंडाकोटका प्रमुख, सहायक बन अधिकृत गुरुङलाई आग्रह गरेका थिए । त्यस्तै, वनले उपभोक्ताहरुको गरिबी निवारणको लागि महत्वपुर्ण भूमिका खेल्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने धारणा ब्यक्त गरेका थिए ।

वार्षिक साधारण सभा कार्यक्रमका बीच स्थानीय बागलुङे आमा समूह तथा साँस्कृतिक समाज बागलुङले तिहारमा देउँसी भैलो खेलेर संकलन गरेको केही पैसाबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।

समुहका अध्यक्ष फौद बहादुर महतोको अध्यक्षतामा भएको कार्यक्रममा समूहका उपाध्यक्ष दुर्गा के.सी. ले स्वागत मन्तब्य राख्नु भएको थियो । साधारण सभा कार्यक्रमकोे सहजिकरण बनका गरिब विपन्न दलित तथा अपाङ्ग समितिका संयोेजक मनिलाल महत्तोले गर्नु भएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान