Search
Close this search box.

श्री रत्न राज्य लक्ष्मी मा.वि.का प्रधानाध्याक काफ्लेद्धारा विद्यालयका प्रगतिहरु सार्बजनिक

गैंडाकोट

श्री रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० पितौजीका प्रधानाध्याक नवराज काफ्लले आफ्नो ६ वर्षको अवधीमा गरेका प्रगतिहरु वार्षिक उत्सब कार्यक्रमका बीच सार्बजनिक गर्नुभएको छ । विद्यालयले आफ्नो ५५ औं वार्षिक उत्सब पौष ५ गते बिहिबार विविध कार्यक्रम गरि मनाएको थियो । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्याउनु हुने विभिन्न ब्यक्तिहरुलाई विद्यालयले सम्मान गरेको थियो ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले एउटा चौरबाट विद्यार्थी जम्मा गरि पढाउन सुरु गरिएको विद्यालयको प्रगति निकै लोभलाग्दो भएको बताउनुभयो । त्यसरी पढाउन सुरु गरेका केहि शिक्षकहरु अझै पनि हामी माँझ हुनु भएको हुँदा उहाँहरु सबैलाई सम्मान ब्यक्त गनुभयो । विद्यालय राम्रो बनाउनका लागि शिक्षक, ब्यवस्थापन समितिसँगै यहाँका अभिभावकहरुको पनि विशेष भूमिका रहेको बताउनुभयो ।

सम्बोधनका क्रममा नगरप्रमुख अधिकारीले सम्झदै भन्नुभयो “म कुनै बेला जनक मा.वि.को विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष थिए त्यो बेला एस.एल.सी.मा कुन विद्यालय जिल्ला प्रथम भयो भन्दा स्कूलको नाम नआएर विद्यालयको प्रधानाध्यापक दुर्गा सरको नाम आउँथ्यो । दुर्गासरको स्कूल जिल्ला प्रथम भयो भनेर । यसरी विभिन्न कालखण्डमा विभिन्न ब्यक्ति तथा समाजको निरन्तर योगदानका कारण विद्यालय आजको दिनसम्म आईपुगेको हो ।” विद्यालयलाई यहाँसम्म ल्याउनुहुने भूतपूर्ब प्रधानाध्यापक दुर्गादत्त भुषाल सर लगायतका सम्पूर्ण शिक्षक तथा ब्यवस्थापन समितिका साथीहरु र अभिभावकलाई धन्यवाद दिनुभयो । गैंडाकोटको शिक्षाकोे स्तरलाई माथि उठाउन रत्नराज्य लक्ष्मी मा.वि.को भूमिका उच्च रहेको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयले अझ पछिल्लो समयमा प्राविधिक धार तर्फ विद्यालयस्तरबाट नै कम्प्युटर इन्जिनियरिङ्गको पढाई सुरु गरि आफ्नो नामलाई अझ उच्च राख्न सफल भएको बताउनुभयो । आगामी दिनमा यो विद्यालयको लागि जस्तो सुकै सहयोग गर्न पनि नगरपालिका तयार रहेको प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । यो विद्यालयबाट अन्य विद्यालयले पनि पाठ सिक्नुपर्ने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ती कोईरालाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख कोईरालाले यो विद्यालयले आगामी पुस्तालाई यहि नेपालमा नै केहि गरेर खान सक्ने चेत दिन आग्रह गर्नुभयो । अहिलेको परिस्थितीमा सबै पढेका युवाहरु बिदेशिने क्रम विकारल भएको बताउनुभयो । यसको रोकथाम र देशमा नै केहि गर्नुपर्छ भन्ने शिक्षा विद्यालय स्तरबाट नै दिनुपर्ने बताउनभयो । कार्यक्रममा गैंडाकोट वडा १० का वडाध्यक्ष देविदत्त कंडेल, मुकुन्दपुर खानेपानीका अध्यक्ष शेषकान्त देवकोटा, मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष गोपाल श्रेष्ठ, नवज्योती दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष बिमल रावत, विद्यालय ब्यवस्थापन समितिका पूर्ब अध्यक्षहरु दुर्गादत्त भुषाल, यमुनाथ आचार्य, हरिराज गौतम, दीपक अधिकारी, कृष्ण सापकोटा, तुलसी सुवेदी, शिक्षा विकास तथा समन्वय इकाईका पूर्ब प्रमुख, शाखा अधिकृत कृष्ण चन्द्र पोखरेल, गैंडाकोट नगरका शिक्षा अधिकृत हेमचन्द्र पौडेल, पूर्ब प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिती रहेको थियो ।

वार्षिकोत्सबको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरेका अक्षयकोषदाताहरुबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न छात्रवृत्ति अन्तर्गत नगद, पुस्तक, कपि तथा पोशाक वितरण गरिएको थियो ।

विद्यालयको बिएई, एसईई र कक्षा ५ को अन्तिम परीक्षामा आ–आफ्नो विषयमा उत्कृष्ट जीपिए सहित विद्यार्थी उर्तिण गराउन सफल हुनुहुने शिक्षकहरु र विद्यालयको विभिन्न कालखण्डमा विभिन्न पदमा रहेर सहयोग गर्नुहुने ब्यक्तिहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।

वार्षिकोत्सबको पूर्बसन्ध्यामा पौष ३ र ४ गते अभिभावकहरु बीच र विद्यार्थीहरु बीच विविध खेलकुद कार्यक्रम गरिएको थियो । उक्त खेलकुद कार्यक्रममा प्रथम, दोश्रो र तेश्रो हुनेहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं पूर्ब शिक्षक तीर्थ राज बरालको अध्यक्षतामा भएको हो भने कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य विद्यालयका शिक्षिका लिला ढुंगानाले गर्नुभएको थियो । वार्षिकोत्सब कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक दिनेश कंडेलले गर्नुभएको थियो ।

यस श्री रत्नराज्य लक्ष्मी मा बि का प्रधानाध्यापक श्री नवराज काफ्ले ले आफ्नो ६ वर्षको अवधि मा आफुले यस विधालयमा गर्नुभएको कार्यको प्रगति विवरण ५५ औ बार्षिकोत्सबमा प्रस्तुत गर्नु भएको बिबरणहरु
१. बि स २०७५ सालमा बिद्यालयको स्वण जयन्ती सप्पन्न ।
२. बिद्यालयमा प्राबिधिक धार कम्प्युटर इन्जिनियरिङ् (कक्षा ९-१२)को पठनपाठनको शुरूवात ।
३. कक्षा नर्सरी देखि १० सम्म अङ्ग्रेजी माध्यममा र ११ -१२ मा अङ्ग्रेजी र नेपाली दुबै माध्यमा पठनपाठन भएको ।
४. ३० ओटा कक्षाकोठा निर्माण ।
५. छुट्टै प्रशासनिक भवन निर्माण ।
६ . पुस्तकालय , विभिन्न प्रयोगशाला ( कम्प्युटर , बिज्ञान ) निर्माण
७. शिक्षकसंख्या २४बाट ६० र बिद्यार्थिसख्या ८११ बाट १२९१ वृद्धि
८. २ ओटा स्कुलबस खरिद
९. ब्यवस्थित चमेना गृह निर्माण
१०. बहुउद्देश्यीय सभाहल निर्माण
११. करिब ३०० डेक्स बेन्च निर्माण
१२. कक्षा नर्सरी देखि यु के जि सम्मका बिध्यार्थीलाई चिसो र धुलोबाट बचाउनका लागि उनिहरुको बसाइ ब्यवस्थापनका गर्न प्रत्येक कक्षामा पार्केटिङ गरि कार्पेट राखिएको
१३. खेलमैदान लाई पुण रुपमा कम्पाउन्डिङ
१४. बिध्यालयमा बिद्यार्थि स्मार्ट हाजिरिको शुरुवात
१५. हरित बिध्यालय को अबधारण अनुसार बिध्यालयको मुख्य चौरमा मोज्याइक टायल सहित बृक्षारोपण
१६ . मन्च निर्माण
१७.स्वर्ण स्मारिका २०७५ प्रकाशन र बार्षिक रुपम रत्नराज्य मुखपत्र प्रकाशनको शुरुवात भएको।
१८. बिध्यालयमा थ्रीफेज लाइन जडान गरिएको ।
१९. बिद्यालय रहेको सम्पुर्ण भवनमा ट्रस निर्माण कार्य सम्पन्न
२०. बिद्यालयको प्रत्येक तलामा शौचालय( ३० ओटा शौचालय थप) र खानेपानीको ब्यवस्थापन ।
२१. बिध्यालय नर्स सहितको प्राथमिक उपचार कक्षको ब्यवस्थापन ।
२२. करिब १५० भन्दा बढी पङ्खा खरिद गरि कक्षाकोठामा जडान गरिएको र नर्सरी मा २ ओटा ए सि जडान भएको
२३. प्रत्येक कक्षाकोठाका लागि करिब ५० ओटा White board निर्माण
२४. बिध्यालयका कार्यक्रमलाई शैक्षिक सत्रको शुरूवातमानै क्यालेन्डर प्रकाशनगरी बिध्यार्थी अभिभावकलाई जानकारी
२५. बिहानी प्राथनामा Student Time अन्तर्गत विभिन्न बिषयमा उनिहरुका भनाइ राख्न दिने कार्यलाइ निरन्तरता दिदै । म्युजिकल पि टि को शुरूवात
२६. शिक्षक पाठयोजना सहित कक्षाकोठामा प्रबेश
२७. शिक्षकको रोस्टर तयार गरि खाली पिरिएड ब्यवस्थापन गर्ने गरिएको
२८. उत्कृष्ट शिक्षक – बिद्यार्थि पुरस्कृत गर्ने गरिएको
२९. सनिबारिय परीक्षा सन्चालन गर्ने गरिएको
३०.करिब ४ लाख को अक्षयकोष वृद्धि भै २४ लाख पुगेको
३१.अभिभावक भेला र घर दैलो कार्यक्रम को निरन्तरता
३२.बिध्यार्थी अनुशासनमा सुधार हुँदै गएको ।
३३. बिध्यालय प्रती अभिभावक र भुतपुर्व बिध्यार्थिहरुको चासो बढेको ।
३४. पढदै कमाउदै कार्यक्रम संचालनका लागि पुर्बाधार निर्माण हुँदै गरेको ।
३५. कमजोर बिध्यार्थिलाइ लक्षित गरि सुधारात्मक कक्षा संचालन गर्ने गरिएको।
३६. बिद्यालयमा सुरक्षा गार्डको ब्यवस्थापन गरिएको ।
३७. साइकल स्ट्यान्ड निर्माण ।
३८. बिद्यालय बडापत्र जारी गरिएको ।
३९. रत्न मासिक भित्ते पत्रिकामार्फत बिध्यार्थिका रचनाहरुलाइ प्रस्तुत गर्ने गरिएको ।
४०. बिषयगत छलफलका लागि बिषयगत समिती गठन र सो को परिचालन

 

*आगामी योजनाहरु *
१. प्रत्येक कक्षाकोठामा डिजिटल स्मार्ट्बोर्ड जडान गर्ने ।
२. थप एक कम्प्युटर प्रयोगशाला ब्यवस्थापन गर्ने ।
३. Math ल्याब , STEAM ल्याब ब्यवस्थापन गर्ने ।
४.कक्षा ११/१२ तर्फ बिज्ञान बिषय र होटेल म्यानेजमेन्ट बिषय थप गर्ने
५. खेलकुद मैदानलाई थप ब्यवस्थापन गरि बास्केटबल र ब्याडमिन्टन कोर्ट बनाउने ।
६. बिद्यालयमा CC क्यामेरा जडान गर्ने।
७. पढ्दै कमाउदै कार्यक्रम अन्तरगत बिध्यालयको आफ्नै कम्प्युटर बिक्री तथा मर्मत केन्द्र सन्चालन गर्ने ।
८. थप शौचालय निर्माण गर्ने ।
९. बिध्यार्थी स्मार्ट हाजिरी जडान कार्यलाइ पुर्णता दिने ।
१०. ब्यवहारिक र नैतिक शिक्षामा जोड दिनका लागि बिध्यार्थी र अभिभावकका लागि Motivational तालिम सन्चालन गर्ने ।
११. आगामी शैक्षिकसत्र बाट कक्षा नर्सरी देखि ५ सम्मका लागि छुट्टै थप एक चमेना गृह सुचारु गर्ने ।
१२. बिद्यालय संचालन कार्यबिधी बनाउने ।
१३. खानेपानी र अन्य प्रयोजनका लागि डिप बोरिङको ब्यवस्था गर्ने
१४. बिध्यालयको मुख्य भाग मा फुलबारी निर्माण गर्ने ।।
१५. छुट्टै इसिडी भवन बनाइ कक्षा सन्चालन गर्ने।
१६. बिध्यार्थी र अभिभावकलाई केन्द्रमा राखी बिध्यालय र उनिहरुसङको सम्बन्धलाई थप मझबुत बनाउन अभिभावक भेला र घरदैलो कार्यक्रमलाई निरन्तरता दिने
१७. बिद्यालयका शुभचिन्तकहरुलाइ अक्षयकोष स्थपनाका लागि प्रेरित गर्ने।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान