Search
Close this search box.

चलचित्र काँडेतारको प्रचारप्रसार गर्न चलचित्र निर्माण टोली चितवनमा

चलचित्र काँडेतारको प्रचारप्रसार गर्न चलचित्र निर्माण टोली चितवन आएको छ । नवल खड्काको निर्माण तथा निर्देशनमा बनेको चलचित्र काँडेतारको टोली निर्देशक खड्का सहित चितवन आएका हुन् । पुस २१ गते इन्द्रदेव चलचित्र हलमा काँडेतारको च्यारिटी शो पनि गरिँदै छ । चलचित्रमा देशभक्ति झल्कने विषयवस्तु समेटिएको चलचित्रका निर्माता एवम् निर्देशक नवल खड्काले पत्रकार भेटघाट कार्यक्रममा बताएका थिए ।

चलचित्र पत्रकार संघ चितवन शाखाले शुक्रबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले नेपालले आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने सन्देश दिने खालको चलचित्र बनेको बताए । सिमानामा नेपाली जनताले भोग्नु परेको समस्या र समाधानलाई चलचित्रमा उत्कृष्ट किसिमले प्रस्तुत गरेको उनले बताए ।

त्यस्तै, चलचित्रले नेपाल–भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते तथा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उनी बताउँछन् । चार करोड रुपैयाँ लगानीमा बनेको चलचित्र काँडेतार आगामी फागुन २५ गते देशभर प्रदर्शनमा आउने छ । ‘हामीले यस चलचित्रबाट नेपालको सीमानामा काँडेतार लगाएर नेपाल र नेपालीलाई सुरक्षाको प्रत्याभूति दिन आवश्यक भइसकेको चलचित्रबाट सरकारलाई घचघच्याउन खोजेका छौं’, उनले भने ।

शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान