Search
Close this search box.

तिनखोले महा बौद्ध गुम्बा, चितवनमा हुने ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा

चितवनमा तमू ल्होसारको अवसरमा तमु ह्यिुल छोज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति चितवनले यस बर्ष पनि विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । तमू लोसार पर्व मुप्र्हि ल्होको सन्दर्भमा आज पत्रकार सम्मेलनको आयोजना गरी ल्होसार पर्वको सम्पूर्ण तयारी पुराभएको जानकारी गराईएको हो ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रीय परिषद चितवन कि अध्यक्ष बिमला देवी गुरुङले पत्रकारहरु माँझ ल्होसार विशेष कार्यक्रमको बारेमा जानकारी दिनुभएको हो । उहाँले ल्होसार पर्वको हार्दिक मङलमय शुभकामना सहित ल्होसार पर्वको धार्मिक, सामाजिक, आर्थिक एवम ल्होसार्सास्कृतिक महत्व को बारेमा प्रष्ट्याउनु हुदै ल्होसार पर्वको सम्पूर्ण तयारी पुराभएको र सो अवसरमा गरिने सम्पूर्ण कार्यक्रमहरुको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

आउँदो पौष १५ गतेका दिन खुल्ला रक्तदान कार्यक्रम तथा जनयुद्ध अस्पतालद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम तय भएको पनि कार्यक्रममा जानकारी गराईएको थियो ।
प्रत्येक बर्ष रोहित घले स्मृति प्रतिष्ठान र निलम गुरुङ स्मृति अक्षयकोषद्वारा प्रदान गरिदै आएको जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै पौष १४ गते राती १२ बजे गुरुङ्ग समुदायले बिरालो बर्गलाई बिदाई गर्दै गरुड वर्गलाई स्वागत गरिदै छ ।

तमु ह्यिुल छोज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति चितवनको अध्यक्ष बिमला देवी गुरुङको अध्यक्षता र केन्द्रीय अनुगमन तथा निर्देशन उपसमितिका सदस्य पदम बहादुर गुरुङज्यु को प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा तमु ह्युल छोज धी गुरुङ राष्ट्रीय परिषद बागमति प्रदेश प्रमूख गणेश बहादुर गुरुङज्यु, केन्द्रीय सल्लाहकार हरु देवेन्द्र गुरुङ, शारदा गुरुङ सहित तमू ह्युल चितवन अन्तर्गतका जिल्ला ,प्रदेश, पालिका तहका कार्यसमिति र भात्री सस्थाहरुका पदाधिकारी, सदस्य र सल्लाहकारज्युहरु को उपस्थिति रहेको थियो ।

ल्होसार पर्व मुप्र्हि ल्हो को सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलन प्रचार प्रसार उपसमितिका सयोजक तुलमान गुरुङले सचालन गर्नुभएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान