Search
Close this search box.

गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडको ३० औँ साधारण सभा सम्पन्न

गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ३० औँ साधारण सभा सम्पन्न गरेको छ । संस्थाको कार्यलयमा सोमबार एक कार्यक्रम आयोजना गरि आफ्नो ३० औं साधारण सभा सम्पन्न गरेको हो भने अब संस्थाले १३ औं नेतृत्व समेत चयन गर्ने छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख शान्ति कोइरालाले अब कृषि क्षेत्रले साना साना उद्योग होईन मिलेर युवाहरुलाई आकर्षण गर्ने गरि बृहत रोजगारी सिर्जना गर्न सक्ने गरि काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमका सभापति समेत रहनुभएका गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खगराज सापकोटाले संस्थाको नेतृत्व सम्हाल्दै गर्दा कोभिड १९ को कहर र त्यस्को प्रभावकाबीच दैनिक दुग्ध संकलन, बिक्रि, दाना चोकर, ढुटो खरिद बिक्रि कार्यलाई निरन्तरता प्रदान गरी संस्थाले उपभोक्ता हितका कार्यक्रम जारी राखेको बताउनुभयो । स्थानीय स्तरमा नै दूध बिक्रि वा दुग्धजन्य पदार्थहरुको बजारीकरणका लागि काँग्रेस चोकमा बिक्रि उपकेन्द्र सञ्चालनमा रहेको बताउनुभयो ।

संस्थाले विशेष कार्यक्रम अन्तगर्त ढुवानी सेवालाई व्यवस्थित गर्न संस्थाको गाडी सञ्चालनमा ल्याउने, कार्य क्षेत्र विस्तार गर्ने, मिल्क एनालाईजर मेशिनलाई प्रभावकारी बनाउँदै बिक्रि डिपोमा व्यवस्था गरिदै लगिने संस्थाका सचिव सूर्यप्रसाद पराजुलीले बताउनुभयो । उहाँले शेयरपूँजी ६० लाख पुर्याउने बताउनुभयो । निःशुल्क घाँसको बीउ वितरण, अनुदानका कार्यक्रम, कृषकलाई दूधमा प्रोत्साहन रकम दिने लगायतका कार्यक्रम गरिने बताउनुभयो ।

कोषाध्यक्ष रुद्रप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा गत वर्ष ८ लाख २१ हजार मुनाफा गरेको उल्लेख गर्नुभएको छ । उहाँले ४ करोड ११ लाख बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

लेखा समितिका संयोजक खुमनाथ पौडेलले युवा पलायनका कारण अपेक्षाकृत दूध संकलन हुन नसकेपनि नगरमा रहेको ६ वटा दुग्ध सहकारी मध्ये उत्कृष्ट सेवा रहेको उल्लेख गर्नुभएको छ । ऋण उपसमितिका संयोजक दयाराम तिवारीले गाइपालन, भैंसीपालन, पशुपालन, पराल खरिद, गोठ निर्माणमा २८ लाख ८० हजार ऋण लगानी भएको बताउनुभयो । खरिदबिक्रि उपसमितिका संयोजक पशुपति सापकोटाले गत आर्थिक वर्षमा १ करोड ९१ लाख ५४ हजार बराबरको चोकर, दाना खरिद भएको प्रतिवेदनमा प्रस्तुत गर्नुभएको छ ।

संस्थाका उपाध्यक्ष अगन्धर सापकोटाले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेफस्कुनका केन्द्रीय सञ्चालक गोपालप्रसाद गौतम, नेफस्कुनका केन्द्रीय लेखा संयोजक इन्द्रराज ज्योती पौडेल, जिल्ला सहकारी संघका सचिव श्यामसुन्दर लामिछाने, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ संस्थाका संस्थापक अध्यक्ष देवीप्रसाद सापकोटा, सल्लाहकार एवं गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, गैँडाकोटका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, पशु सेवा शाखा प्रमुख प्रमोद पौडेल लगायत विभिन्न सघं संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सभामा विभिन्न विधामा पुरस्कृत एवं सम्मान गरिएको थियो ।

संस्थाको १३ औँ नेतृत्व चयन कार्यक्रम अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो । सहकारीमा ५९८ जना सेयर सदस्यको ४८ लाख ८५ हजार ८ सय सेयरपूँजी रहेको व्यवस्थापक चन्द्रमणी पौडेलले जानकारी दिनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान