Search
Close this search box.

समावेशी शिक्षा परियोजनाबारे अन्तरक्रिया

 भरतपुर, १८ पुस

अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा महासंघ नेपाल, ह्यान्डीक्याप इन्टरनेसनल र युके एडको आयोजनामा बुधबार भरतपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अटिजम केयर चितवन सोसाइटीकी प्रबन्ध निर्देशक प्रमिला न्यौपानेले अपांगता भएका व्यक्तिको परिभाषा तथा अपांगताको वर्गीकरणबारे जानकारी गराएकी थिइन् ।

समावेशी शिक्षा परियोजना संयोजक सुमन पौडेलले शिक्षक केन्द्रित अभिवृध्दि कार्यक्रम र परियोजनाका अन्य कार्यक्रमबारे बोलेका थिए । यो परियोजना कालिका नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका विद्यालयमा संचालित छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालकी शर्मिला तामाङले महासंघबाट भएका गतिविधि र प्रगतिबारे जानकारी गराएकी थिइन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान