Search
Close this search box.

नेपाल राष्ट्रिय शिक्षक संगठनकाे पूर्ण बैठक सम्पन्न, प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन

एच डि पंगेनी ,

पाैष १९, गैडाकाेट

ऐतिहासिक र गाैरवशाली सङ्गठन नेपाल राष्ट्रिय शिक्षक संगठन गैंडाकाेट नगर कमिटिकाे बैठक बिहिबार सम्पन्न भएकाे छ । गैंडाकाेट नगरपालिका वडा नं १० मा रहेकाे रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय पिताैजिमा भएकाे बैठकले महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएकाे हाे । संगठनले नगरमा गरेका विविध कार्यक्रमहरुकाे बारेमा समीक्षा गरिएकाे साे बैठकमा गैंडाकाेट नगरमा मात्रै २५० जना भन्दा बढि शिक्षकहरु संगठनमा आवद्वता जनाएकाे नगर कमिटिका सचिव राेशन मल्लले जानकारी दिनुभएकाे थियाे । साे बैठकले यहि पाैष २८ र २९ गते पाेखरामा हुने संगठनकाे अधिवेशनकाे लागि प्रतिनिधि समेत छनाेट गरिएकाे छ । छनाेट भएका संगठन का सदस्यहरुमा गाेविन्द चलिसे, केसर रानाभाट र गिता सापकाेटा रहनुभएकाे संगठनका नगर सचिव मल्लले जनाउनुभएकाे छ ।

नगर कमिटिका अध्यक्ष नवराज काफ्लेकाे अध्यक्षतामा भएकाे बैठकमा प्रमुख अतिथि संगठनका गण्डकी प्रदेश का बरिष्ट उपाध्यक्ष बलराम रानाभाटले संगठनकाे विषयमा समसामयिक बिचार ब्यक्त गर्नुभएकाे थियाे । त्यस्तै नेपाल शिक्षक महासंघ नवलपुरका सदस्य एवम् कालिका मा वि गैंडाकाेटका प्रधानाध्यापक प्रजानाथ कंडेल, संगठनका आजीवन सदस्य एवम् अमरज्याेती मा वि का प्रधानाध्यापक दुर्गादत्त सापकाेटा, संगठनका अाजीवन सदस्य एवम् जनता मा वि का प्रधानाध्यापक पदम बहादुर खड्का, दुर्गा अाधारभुत बिद्यालय पिताैजीका प्रधानाध्यापक कृष्ण खरेल, संगठनका पुर्व जिल्ला सदस्य, प्रेस चाैतारि नेपाल का केन्द्रीय सदस्य , संगठनका अाजिवन सदस्य हिमालदेव पंगेनी लगायतका अतिथिहरुले मन्तब्य राख्नुभएकाे थियाे ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान