Search
Close this search box.

विज्ञान शिक्षक समाज नेपाल गैंडाकोटको प्रथम अधिवेशन सम्पन्न

पौष २२, गैंडाकोट
विज्ञान शिक्षक समाज नेपाल, गैंडाकोटको प्रथम अधिशवेशन आईतबार जनक नमुना मा.वि. मा सम्पन्न भएको छ। कालिका मा. वि. का विज्ञान शिक्षक मुकुन्द उपाध्यायको अध्यक्षतामा भएको सो अधिवेशनले शिव जि.सी.को अध्यक्षतामा एक समिती गठन गरेको हो । सो समतिको उपाध्यक्षमा अमरज्योती मा. वि. का विज्ञान शिक्षक रोशन मल्ल ठकुरी, सचिवमा जनक मा. वि. का मनोज पण्डित, कोषाध्यक्षमा लालचन्द्र सुवेदी, सह–सचिवमा मुना चालिसे लगायतका चयन हुनुभएको नव निर्वाचित उपाध्यक्ष रोशन मल्ल ठकुरीले जानकारी दिनुभएको छ । सो समाजको गैंडाकोट नगर सदस्यहरुमा यादव पौडेल, युवराज भण्डारी, विपिन पोख्रेल, विनयजंग रावत, श्रीधर पाठक, शिव अधिकारी, जयन्त वाग्ले, नेत्रकला पौडेल, इश्वर सिग्देल, पूर्ण खत्री, चुम प्रसाद वाचे मगर, कान्ति विनोद न्यौपाने, धनकुमारी फ्ुयाल्, हरिमाया लुईटेल, भावना अधिकारी, रश्मी पौडेल, पुरुषोत्तम रिजाल लगायतका रहनुभएको उपाध्यक्ष मल्लले बताउनुभयो । त्यस्तै सोही अवसरमा मोहन भण्डारी, विष्णु प्रसाद रिजाल, मुकुन्द उपाध्याय, चन्द्रकान्त भण्डारी, दुर्गादत्त सापकोटा, निर्मल पाण्डे लाई जिल्ला प्रतिनिधीको रुपमा चयन गरिएको थियो ।
यसैबीच विज्ञान शिक्षक समाज नेपालको गैंडाकोट नगर समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरु र जिल्ला प्रतिनिधिहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन गैंडाकोट नगरका अध्यक्ष एवं रत्नराज्य लक्ष्मी मा. वि. का प्रधानाध्यापक नवराज काफ्लले बधाई एवं शुभकामना प्रदान गर्नुभएको छ । गैंडाकोटको जनक नमुना मा. वि.मा सम्पन्न भएको सो अधिवेशनमा गैंडाकोट नगरका दर्जन भन्दा बढी विज्ञान शिक्षकको सहभागिता रहेको थियो भने नव गठीत समितिले विज्ञान विषयको पठन पाठन लगायत विज्ञान सँग सम्बन्धीत विद्यालय केन्द्रित कार्यक्रमहरु गर्ने योजना समेत रहेको नवनिर्वाचित उपाध्यक्ष मल्लले जानकारी दिनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान