Search
Close this search box.

गुरुङहरु राज्य संयन्त्रमा पुग्नका लागि कोशिस गर्नुपर्छ : तमु ह्युल अध्यक्ष कर्ण बहादुर गुरुङ्ग

तमु ह्युल छोज धिं, गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङ्गले गुरुङ समुदायका छोराछोरी सेनामा भर्ति हुने मात्र होईन की राज्य संयन्त्रका विभिन्न ठाउँमा पुग्नका लागि पनि कोशिस गर्नुपर्ने बताउनुभयो । श्री तजि तमु त्हार्मै समाज भरतपुर–१८, गुञ्जानगर, चितवनको २३ औं साधारण सभालाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । गुरुङका छोराछोरीले पढ्न र आफुलाई अब्बल बनाउँदै लोकसेवा आयोगबाट छनौट भई देशमै रोजगारी खोज्न सक्नु पर्ने बताउनुभएको हो । जबसम्म राज्य संयन्त्रका सबै ठाउँमा गुरुङ समुदाय पुग्न सक्दैन तबसम्म हाम्रा अधिकारहरु स्थापित गर्न नसकिने बताउनु भएको हो ।

भरतपुर १८, गुञ्जानगरमा रहेको गुरुङ समुदायको समाज श्री तजि तमु त्हार्मै समाजको २३ औं साधारण सभा तथा ल्होसार विशेष कार्यक्रम बुधबार सम्पन्न भएको छ । वि.सं. २०५७ सालमा स्थापना भएको करिब ७८ घरधुरी समावेश रहेको यो समाजले नर्शिङमा उत्कृष्ट्र नतिजा हाँसिल गर्ने बिनिता गुरुङ्गलाई पनि दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रममा समाजघरलाई जग्गा दान दिनुहुने दाताहरुलाई पनि दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । जसमा रेशमलाल गुरुङ, साबित्री गुरुङ, गज बहादुर गुरुङ, नेत्र कुमारी गुरुङ, स्व. टोपबहादुर गुरुङको श्रीमती कमला गुरुङलाई सम्मान गरिएको हो । समाजका लागि रेशमलाल गुरुङ र उहाँको श्रीमती साबित्री गुरुङले १ कठ्ठा जमिन र रेशमलाल गुरुङ र उहाँको श्रीमती साबित्री गुरुङ, गज बहादुर गुरुङ र उहाँको श्रीमती नेत्र कुमारी गुरुङ, र स्व. टोपबहादुर गुरुङ र उहाँको श्रीमती कमला गुरुङबाट थप १ कठ्ठा एकमुष्ठ रुपमा जग्गा दान गरेका थिए ।

भरतपुर १८, गुञ्जानगरमा रहेको समाजघर परिसरमा नै कार्यक्रम भएको हो । कार्यक्रममा तमु ह्युल छोज धिं, गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा तमु ह्युल छोज धिं, गुरुङ्ग राष्ट्रिय परिषद, चितवनका अध्यक्ष बिमला गुरुङ, संगठन सचिव मीना गुरुङ, मुमला क्होईबो तमु गुम्बाका मंगल गरुङ लगायतको उपस्थिती रहेको थियो । आमन्त्रीत अतिथिहरुलाई समाजको सल्लाहकार एवं संस्थापक सदस्य लोक बहादुर गुरुङले मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो । कार्यक्रम समाजका अध्यक्ष पुर्ण बहादुर गुरुङका अध्यक्ष्यतामा भएकोे हो भने कार्यक्रमको सहजीकरण समाजका सदस्य मन बहादुर गुरुङले गर्नु भएको थियो ।

विशेष गरि समाजले हरेक वर्ष पौष २५ गते ल्होसार पर्वलाई पनि मनाउने र समाजको साधारण सभा गर्ने र आगामी कार्यक्रमहरु तय गर्ने गरेको छ । यस दिन समाजमा आवद्ध सबै घरका सदस्यहरु सबै समाजघरमा नै जम्मा भई खाना खाने र नाचगाँन गर्दै रमाईलो गर्दै आईरहेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान