Search
Close this search box.

आजदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू

काठमाण्डौ । सरकारले आज देखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली लागू गरेको छ ।स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम को–पेमेन्ट सम्बन्धी कार्यविधि निर्माण गरी आजदेखि कार्यान्वयनमा ल्याएको हो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार यस प्रणालीमा बीमित नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई सेवा उपभोग गर्दा तत्काल सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमअनुसार तोकिएको केही रकम तिनुपर्ने व्यवस्था गरिएको छ ।को–पेमेन्ट प्रणालीमा अब बीमितले तोकिएको स्वास्थ्य सेवा लिंदा लाग्ने कुल खर्चको १० प्रतिशत रकम बीमित स्वयंले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले जानकारी दिए ।

स्वास्थ्य बीमा अन्तर्गत बीमितले अनावश्यक चेकअप गर्ने कार्यलाई कम गर्न को–पेमेन्ट सिस्टम लागू गरेको बसौलाले बताए । ‘बीमितले एक वर्षभित्र स्वास्थ्य बीमाअन्तर्गत १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन पाउने सुविधा छ, तर बीमितहरुले अनावश्यक रुपमा विभिन्न ब्लड टेस्ट गर्ने गरेका छन्’ उनले भने, ‘डाक्टरले भनेअनुसार भन्दा पनि बीमितले मनमौजी रुपमा विभिन्न टेस्टहरु गर्दा बोर्डले सह–भुक्तानी प्रणाली लागू गर्न बाध्य भएको हो ।’

आजदेखि लागू भएको उक्त प्रणालीमार्फत बीमितहरुले अब १० प्रतिशत खर्च व्यहोनुपर्नेछ । ‘एकजना परिवारबाट एक सदस्यले अब १ लाख रुपैयाँको सेवा लिएमा १० हजार रुपैयाँ अनिवार्य तिर्नुपर्नेछ’ उनले भने ।अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुर्नस्थापना सेवा लिंदा सह–भुक्तानी प्रणालीको व्यवस्था लागू हुने बसौलाले बताए ।

‘सबै अस्पताल र सबै वर्गका बीमितलाई भने सह–भुक्तानी प्रणाली लागू हुँदैन’ बसौलाले भने, ‘दिर्घरोग भई नियमित औषधी सेवन गरिरहेका बीमितहरुलाई यो व्यवस्था लागू गरिएको छैन र प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैया सम्मका सरकारी अस्पतालमा सह–भुक्तानी प्रणाली लागू हुँदैन ।’उनका अनुसार यसबाहेक आकस्मिक स्वास्थ्य सेवा लिंदा र नेपाल सरकारद्वार निःशुल्क प्रदान गर्नका लागि तोकिएका सेवाहरुमा समेत यो व्यवस्था लागू हुनेछैन ।

साथै स्वास्थ्य बीमा लागू भएका अस्पताहरुले बीमितबाट लिइएको १० प्रतिशत रकमको बील वा भर्पाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ । साथै ९० प्रतिशत रकम भुक्तानीका लागि नियमअनुसार स्वास्थ्य बीमा बोर्डमा दाबी गर्नुपर्नेछ ।यसरी बीमित सेवाग्राहीबाट लिइएको १० प्रतिशत रकम र स्वास्थ्य बीमा बोर्डमा दाबी गरेको ९० प्रतिशत रकम सम्बन्धी प्रतिवेदन मासिक रुपमा स्वास्थ्य बीमा बोर्डमा अर्को महिनाको ७ गतेभित्र पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।

साथै बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजना समेत बढाउने तयारी गरेको बसौलाले बताए । ‘हाल ५ जना सम्म सदस्य भएको परिवारले वार्षिक ३५ सय तिरेर १ लाख रुपैयाँ सम्मको सुविधा लिन पाउने व्यवस्था छ’ उनले भने, ‘बोर्डले योगदान रकममा पुनरावलोकन गरी सुविधाको दायरा बढाउने तयारी गरेको छ, अब छिट्टै बीमितले १ लाख भन्दा बढीको सुविधा लिन पाउनुहुनेछ ।’साथै स्वास्थ्य बीमा कार्यक्रममा हाल कायम रहेको सुविधा थैलीको औषधीको शुल्क पुनरावलोकन गर्ने कार्य एक महिनामा सम्पन्न गरी लागू गर्ने उनले बताए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान