Search
Close this search box.

गैंडाकोट नगरबासीहरुका लागि मौलाकाली केवलकारको भाडामा २५% सहुलियत सुविधा

गैंडाकोट, २ माघ ।
गैंडाकोट नगरपालिकाका बासीहरुले मौलाकाली केवलकार प्रयोग गर्दा सहुलियत पाउने भएका छन् । गत वैशाखबाट सञ्चालनमा आएको मौलाकाली केवलकारको भाडामा २५% सहुलियत सुविधा गैंडाकोट नगरपालिका वडा नम्बर १ र २ का वासिन्दालाई मात्रै दिईंदै आएको थियो । स्थानीयलाई दिइने छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने निर्णय गरिएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । माघे संक्रन्तिको अवसर पारेर सोमबारदेखि यो सहुलियत सुविधा लागू गरिएको उनले जानकारी दिए ।

पूर्वीनवलपरासीको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिए ।

५ मिनेट यात्रामा पुगिने केवलकारको दुईतर्फी भाडादर ५५० रुपैयाँ छ । सहुलियत सुविधापछि अब सबै गैंडाकोटवासीले परिचय खुल्ने आधिकारिक कागजातको आधारमा ४१५ रुपैयाँमा टिकट लिन पाउनेछन् ।

यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १४ डब्बा छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान