Search
Close this search box.

सरस्वती निकेतन विद्यालयका ३६ जना क्याडेट विद्यार्थी मध्ये पूर्वी तालिम शिक्षालय बर्दिबास प्रस्थान

गैँडाकोट । सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका ३६ जना क्याडेट विद्यार्थी मध्ये पूर्वी तालिम शिक्षालय बर्दिबास प्रस्थान गरेका छन् ।

राष्ट्रिय सेवा दल, जुनियर डिभिजनको संस्थागत तालिमको समापन पश्चात विद्यार्थीहरु २१ दिनको तालिमका लागि मध्ये पूर्वी तालिम शिक्षालय बर्दिबास प्रस्थान गरेका हुन् ।

विद्यालयमा एक समारोहका बीच क्याडेट विद्यार्थीलाई तालिमका लागि बिदाइ गरिएको सरस्वती निकेतन आवासीय माविका सहायक प्रिन्सिपल लक्ष्मण कंडेलले जानकारी दिनुभयो । तालिममा सहभागी विद्यार्थीहरु पनि उत्साहित छन् ।

राष्ट्रिय सेवा दल, जुनियर डिभिजनका प्रशिक्षक कुशल घर्ती मगरले विद्यार्थीले विद्यालयमा भएको २१ दिनको राष्ट्रिय सेवा दल, जुनियर डिभिजनको संस्थागत तालिममा विद्यार्थीले सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको बताउँदै अब बर्दिबासमा हुने तालिममा उनिहरुले विपद व्यवस्थापन लगायतको विषयमा ज्ञान र सीप हासिल गर्ने बताउनुभयो ।

विद्यार्थीको विदाई कार्यक्रममा विद्यालयका प्रिन्सिपल भरतबाबु कंडेल, विद्यालय संञ्चालक समितिका अध्यक्ष चोक्षा कंडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकला पौडेल, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान