Search
Close this search box.

मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको २० औं वार्षिक साधारण सभा सम्पन्न

मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट १०, पितौजीले आफ्नो २० औं वार्षिक साधारण सभाका शुक्रबार सम्पन्न गरेको छ । समूहको कार्यलय परिसरमा कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला डिभिजन वन अधिकृत बसन्त केशब अधिकारीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा गैंडाकोट वडा नं. १० का वडाध्यक्ष देविदत्त कंडेल, सब डिभिजन वन कार्यलय गैंडाकोटका प्रमुख सुर्यसिं गुरुङ्ग, स्थानीय सामुदायिक वन महासंघ गैंडाकोटका अध्यक्ष निर्मला कंडेल, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लिला पौडेलको विशेष आतिथ्यता रहेको थियो ।

सभाकोे सहजीकरण तथा सचिवको प्रतिवेदन समूहको सचिव तुलसी गैरे सुवेदीले प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको प्रतिवेदन तथा आय ब्यायको आर्थिक प्रतिवेदन लेखा समिति संयोजक बासुदेव गैरेले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य समूहका सहसचिव मेघराज सुवेदीले राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता वन समूहका अध्यक्ष चतुरमान प्रधानको रहेको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान