Search
Close this search box.

नवज्योती दुग्ध उत्पादक सहकारी संस्था लि. को २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न

नवज्योती दुग्ध उत्पादक सहकारी संस्था लि. गैंडाकोट १० ले आफ्नो २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । श्री रत्न राज्य लक्ष्मी मा.वि.को खेल मैदानमा सभा सम्पन्न भएको हो ।
गैंडाकोट वडा नं. १० का अध्यक्ष देवीदत्त कंडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष बिमल रावतको असामयिक निधन प्रति सस्थाले कार्यक्रमका बीच मौन धारण गर्दै उहाँको योगदानलाई सबैले स्मरण गरेका थिए । उहाँको योगदान संस्था र समाजप्रति अतुलनीय रहेको कार्यक्रममा मन्तब्यका क्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा संस्थाको सचिवको प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सहजिकरण संस्थाका सचिव लिलाधर खरेलले गरेका थिए । त्यस्तै कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन तथा अतिथिहरुलाई स्वागत संस्थाका कोषाध्यक्ष तारा अधिकारीले गरका थिए भने लेखा समितिको प्रतिवेदन संस्थाका लेखा समिति संयोजक हरिभक्त कंडेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा ब्यवस्थापकको प्रतिवेदन संस्थाका ब्यवस्थापक हरिप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष एवं हालका कार्यवाहक अध्यक्ष रामप्रसाद न्यूरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

वि.सं. २०५८ सालमा स्थापना भएको यो सस्था वि.स.२०५९ साल असार ३० गते आधिकारिक रुपमा दर्ता भएर संचालनमा आएको हो । यो संस्थामा हाल ५७३ जना कृषक शेयर सदस्य रहेका छन् भने संस्थाले दैनिक १० देखि १३ हजार लिटर सम्म दुध संकलन गर्दै आईरहेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान