Search
Close this search box.

श्री गणेश पञ्चाङ्ग मन्दिर, गैंडाकोट ११ को महायज्ञको तयारी पुरा, कलश यात्रा भोली १० बजेबाट हुँदै

श्री गणेश पञ्चाङ्ग मन्दिर, गैंडाकोट नगरपालिका वडा नं. ११ को मा यहि माघ ११ देखि १८ गते सम्म हुन गई रहेको श्रीमद भागवत ज्ञान महायज्ञको तयारी पुरा भएको छ । महायज्ञको तयारीका साथै भोली हुने कलश यात्राको सम्पूर्ण तयारी पुरा भएको यज्ञ सम्पादन मुल आयोजक समितिका संयोजक हरिराज गौतमले जानकारी दिनुभयो ।

बैद्धिक सनातन धर्मको रक्षा र विश्व मानव समुदायको कल्याण हेतु हिन्दु धर्मले देखाएको सत्मार्गको अनुशरण गर्दै परम पवित्र नारायणी नदीका तटमा हाम्रा पूर्वज ऋषि महर्षिहरुको ध्यान एवं तपस्यास्थल महाभारत पर्वत श्रृंखलाको काखमा रहेको गैंडाकोट नगरपालिका वडा नं. ११ भेडाबारी गौचरन स्थित श्री गणेश पञ्चाङ्ग मन्दिरमा यहि २०८० माघ ११ देखि १८ गते सम्म श्री गणेश उत्सवको अवसर पारेर हरिहर सन्यास आश्रम देवघाट धामका पिठाधिश प्रमुख संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजको बाहुलीबाट समुद्घाटन हुने तथा विद्धान पण्डित श्रीमद् भागवत ज्ञाता माधुर्य कथा प्रमुख वाचक पण्डित बालकृष्ण अर्यालको मुखारवृन्दबाट कथा प्रवचन गर्दै यज्ञ गर्न लागिएको आयोजकले जनाएको छ । यज्ञ सम्पादन मुल आयोजक समितिका सह–संयोजक यमुनाथ आचार्यले मन्दिरको पुनर्निर्माण अति आवश्यक रहेको कारण महायज्ञ गर्न लागिएको र यसलाई सफल पार्न स्थानीय समुदायको निकै चासो रहेको पनि बताउनुभयो ।

वि.सं. २०३७ सालमा टुक्राटाक्री ईट्टाहरु जोडेर जसोतसो बनाईएको मन्दिरको संरचना पुरानो जीर्ण भएको र पुनर्निर्माण आवश्यक रहेकाले मन्दिरको संरचनालाई नयाँ बनाउने र सतल तथा दिवा वृद्धाश्रम बनाउने उद्देश्यका साथ मन्दिरमा महायज्ञ आयोेजना गर्न लागिएको श्री गणेश पञ्चाङ्ग मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रासद सापकोटाले आग्रह गर्नुभयो ।

महायज्ञलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरि प्रचार प्रसार, भेटघाट र माईकिङ्गको काम तिब्र परिएको यज्ञको प्रचार प्रसार उप समितिका संयोजक बाबुराम पराजुलीले बताउनुभयो ।

भोली माघ ११ गते हुने महायज्ञको कलश यात्राको मार्ग महायज्ञ स्थल गणेश मन्दिरदेखि सुरु गरि कैलाश सन्यास आश्रममा पुगी कलशमा जल भरी कृष्ण मन्दिर हर्कपुर हुँदै गणेश मन्दिर फर्किने मार्ग तय गरिएको प्रचार प्रसार संयोजक पराजुलीले बताउनुभयो । महायज्ञको सम्पूर्ण प्रबचन, कार्यक्रम तथा गतिविधिहरु महायज्ञको अफिसियल मिडिया मुकुन्दसेन टेलिभिजनबाट निरन्तर रुपमा हेर्न सकिने गरि कार्यक्रम तय गरिएको प्रचार प्रसार उप समितिका संयोजक पराजुलीले जानकारी दिनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान