Search
Close this search box.

जनक नमुना मा. वि.मा ट्राफीक सचेतना कार्यक्रम सम्पन्न

 माघ २९

एच.डी पंगेनी

गैंडाकोट सोमबार गैंडाकोटको जनक नमुना मा. वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जनक नमुना मा वि.का कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ट्राफिक नियम, साईबर क्राईम र चेली बेटी बेचविखनबाट बच्ने उपाय एवं मध्यपान र धुम्रपानका असर र त्यसबाट आउन सक्ने विभिन्न घटनाहरुको बारेमा चेतना दिने उद्येश्यले सो कार्यक्रम गरिएको ट्राफीक प्रहरी गैंडाकोटका प्रमुख लेखनाथ पुरीले बताउनुभयो । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सचेत बनाउने उद्येश्यले सो कार्यक्रम गरिएको प्रमुख पुरीले बताउनुभयो ।

विद्यालयका करीव २०० जना विद्यार्थीहरुलाई सडकमा सवारी चलाउँदा र पैदल हिड्दा अपनाउनुपर्ने ट्राफीक नियमहरु सँगसँगै लागु पदार्थ दुव्र्यसनीबाट कसरी बच्ने भन्नेबारेमा पनि उहाँले प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी विद्यार्थीहरुलाई विभिन्न सामाजिक सञ्जाल र त्यसको दुरुपयोगबाट आउन सक्ने गम्भिर सम्भावना र सर्वसाधारणमा पर्न सक्ने असरका बारेमा पनि उहाँले चेतनामूलक जानकारी दिनुभएको थियो ।

विद्यालयका कक्षा ११/१२ तर्फका कार्यक्रम संयोजक प्रेम आचार्यको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा युवा अवस्थामा हुने विभिन्न प्रकारका समस्याहरु र त्यसको समाधानको उपायको बारेमा पनि प्रशिक्षण दिइएको विद्यालयका सामाजिक शिक्षक पार्वती गौडेलले जानकारी दिनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान