
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
शनिबार भएको मतदानमा प्रतिस्पर्धी निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका छन् ।Continue Reading